Bisal Chautari Logo

गोपाल कायस्थको कार्तिक २५ बाट चल्ने ‘लुटेरा’को गीतहरु चर्चामा

- २० कार्तिक २०७२, शुक्रबार १६:३६ मा प्रकाशित


gopal kayastha movie lootera nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २० शुक्रबार । सफल चलचित्र वितरक गोपाल कायस्थको पछिल्लो चलचित्र ‘लुटेरा’ यही कात्तिक २५ मा देशभर एकसाथ रिलिजमा आउन लागेको छ ।

IMG_0739gopal kayastha movie lootera nepali movie
केही समय अगाडी चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो । सो चलचित्रको ट्रेलर अहिले नेपाली चलचित्र हेर्ने दर्शकहरुमाझ लोकप्रिय बनिरहेको छ । सबैले ट्रेलरलाई रुचाएका छन् । चलचित्रमा अभिनेता निखिल उप्रेतीको एक्सन दृश्यहरु समावेश गरिएको छ । चलचित्र ‘लुटेरा’ एक्सन प्रधान चलचित्र भएको निर्माता गोपाल कायस्थले बताएका छन् ।
तर अहिले चलचित्रको सार्वजनिक भएको गीतहरु चर्चामा रहेका छन् । यस चलचित्रलाई वितरक गोपाल कायस्थले निर्माण गरेको हुन् । दयाराम दाहालको निर्देशन रहेको यस चलचित्रमा निखिलसागै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीका अलावा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय हेर्न सकिनेछ ।

Man Parako Awastha | मन पराको अवस्था | Lootera | Full Song

 I’m Just Kidding || Lootera || Nepali Film || HD Song

प्रतिक्रिया