Bisal Chautari Logo

निखिल बलिउड स्टारहरुले गर्ने आफ्नो प्रोजेक्ट सार्वजनिक गर्दै

- ३ जेष्ठ २०७१, शनिबार ०४:३२ मा प्रकाशित


nikhil-upreti-in-bollywood-movie
काठमाडौं, २०७१ जेठ ३ शनिवार ।  नेपाली चलचित्र क्षेत्रमा कुनै समय अभिनेता निखिल उप्रेती एकछत्र रुपमा राज गरेका अभिनेतामा पर्थे । तर अहिले अभिनेता उप्रेतीले नेपाली चलचित्र क्षेत्रमा हराए झै भएको छ ।
तर अभिनेता निखिल उप्रेती हराएको भन्ने कुरामा चाही समहत छैनन् । उनी भन्छन्, ‘आफु पछिल्लो समय चलचित्रमा नदेखिनुको पछाडी आफ्नै कारण रहेको छ ।’ गत विहिवार राजधानीमा नेपालीले निर्माण गरेको चलचित्र ‘बिन फिरे फ्रि मे तेरे’ को आयोजित कार्यक्रममा अतिथी बनेर देखिएका अभिनेता निखिलले छिट्टै  बलिउडका चचिर्त कलाकारहरुले अभिनय गर्ने गरी निर्माण गर्न लागको आफ्नै ‘प्रोजेक्ट’ सार्वजनिक गर्ने तयारीमा रहेको बताए । सो कुरा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने कुरापनि उप्रेतीले बताए ।
कार्यक्रम सकिएपछि अनौपचारीक रुपमा कुराकानि गर्दै अभिनेता निखिलले भने ‘म सँधै केहि न केही नयाँ कुरा ल्याउनुपर्छ भन्ने कुरामा तल्लिन हुन्छु । यसैको लागी केहि समय नेपाल बाहिर रहेर संघर्ष गरिरहेको हु, हराएको नभनिदिनुहोला’, अभिनेता निखिलले बताए । त्यस्तै आफुले बलिउडमा निर्माण गर्न लागेको आफ्नो प्रोजेक्टको काम सकाएपनि पुन: नेपाली चलचित्र तथा बलिउडका चलचित्रमा अभिनय यात्रालाई अगाडी बढाउने बताए । त्यस्तै आफु नेपालमा आफु चलचित्र गरिरहेकै समयमा बलिउड तिर गएको अनी खासै काम नगरेको पत्रकारहरुसंगको कुराकानीमा अभिनेता निखिलले बलिउडमा आफु बलिउड उद्योगमा मात्रै नभई वल्र्डकै स्टार कसरी बन्ने भन्नेमा लागिरहेको बताए । अनी नेपाली चलचित्र क्षेत्रको कसरी बिकाश गर्न सकिन्छ भन्ने कुरामापनि अध्ययन गरिरहेको अभिनेता निखिलले बताए । आफुले अहिले सम्म एक सय बीस भन्दा बढि चलचित्रमा अभिनय गरिसकेको बताउदै अभिनेता निखिलले ‘चाहेको भए अहिलेसम्म खेल्दै जाँदा २ सय ४० पनि हुन सक्थ्यो । म जहिले पनि केहि ‘स्टेप’ अगाडी बढिसकेपछी पुन: पछी फर्केर हेर्नुपर्छ भन्ने मान्यता राख्छु । ‘यसैको मान्यता अनुसार चलचित्रमा अभिनय गर्न छाडे पछाडीको समय अध्ययन गरेर नयाँ प्रोजेक्ट सार्वजनिक गर्ने तयारी छु’ अभिनेता निखिल उप्रतीले बताए । निखिलले अबको दुई महिनासम्म नेपालमा नै रहनेपनि बताए ।

प्रतिक्रिया