Bisal Chautari Logo

नव गायिका वविता राईको ‘अनुमा’ विमोचित (फोटो फिचर सहित)

- १८ आश्विन २०७२, सोमबार १६:०४ मा प्रकाशित


babita rai new albam anuma
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज १८ सोमबार । पछिल्लो समय नेपाली साङ्गीतक क्षेत्रमा नव स्रष्टाहरु आफ्नो एल्बममा फरक किसिमको गीतसंगीत खोज्दै पश्चिमा संगीतको चारी गरेर एल्बम निकाल्ने गरेका छन् । तर नव गायिका वविता राईले भने आफ्नो एल्बममा पुर्वेली लोकभाका, राष्ट्रिय गीत, आधुनिक तथा नेपाली मौलिक भाकाहरुलाई आफ्नो एल्बममा समावेश गरेर विमोचन गरेकी छिन् ।

babita rai new albam anuma
केही दिन अगाडी राजधानीको कलानिधी इन्दिरा संगीत महाविद्यालयको सभाहलमा एल्बमको विमोचन गरियो । एल्बमको विमोचन, प्रमुख अतिथी तथा चर्चित गायक आनन्द कार्की, विशिष्ट अतिथी तथा प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राई लगायतले एल्बमको विमोचन एकसाथ गरेका थिए ।
विमोचन समारोहमा गायिका वविता राईले बोल्दै आफ्नो पहिलो एल्बम निकाल्नका लागी गरेको सहयोगप्रती खुसी ब्याक्त गरिन् । भनिन् ‘–मेरो पहिलो प्रयास हो । र आउने दिनहरुमा अझ नयाँ किसिमका गीतहरु ल्याउने छु । र आफुमा भएका कमीकमजोरीहरुलाई पनि सुधादै लैजाने कौसिस गर्नेछु ।’

babita rai new albam anuma (5)
एल्बम विमोचन समारोहमा बोल्दै संगीतकार शान्तिराम राईले एल्बमको समिक्षा गरेका थिए । संगीतकार राईले एल्बम ल्याएकोमा बधाई दिदै एल्बमका गीतहरु राम्रो रहेको बताए । त्यस्तै गायक आनन्द कार्कीलेपनि एल्बमका गीत तथा सार्वजनिक म्युजिक भिडियो मनपरेको बताए । कार्कीले बोल्दै गायिकाको स्वर मनपरेको बताउदै भने ‘–उहाको स्वर गड गिफ्ट रहेछ, म पनि उहासंग गीत अवश्य गाउने छु ।’

babita rai new albam anuma (3)
६ गीत समावेश एल्बममा रामचन्द्र अञ्जान, विनय लामा, उमेश खड्का र डीवी लामाको संगीत समावेश रहेको छ, भने अमर रसाइली, इश्वर चाम्लिङ लगायतको शब्द रहेको छ । विमोचन समारोहमा एल्बमको एक म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । ‘साचो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियो राजेश राईले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मनि चाम्लिङ, सन्ध्या र अजिताको मोड्लिङ रहेको छ, भने छायाङकन उत्सव दाहालको रहेको छ । एल्बम भाइब्स क्रियशनबाट बजारमा ल्याएको हो ।

babita rai new albam anuma (1)

babita rai new albam anuma (4)

प्रतिक्रिया