Bisal Chautari Logo

शेखर च्यानको म्युजिक भिडियो छायाकन सम्पन्न

- १० आश्विन २०७२, आईतवार १५:२९ मा प्रकाशित


Shekhar Chyaan Lama music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज १० आइतबार । लामो समय देखि सांगीतिक बजारमा संघर्षरत गायक शेखर च्यान लामा छिट्टै आफ्नो तेस्रो एल्बमको एक गीतको म्युजिक भिडियो सहित बजारमा देखिने भएका छन् ।

Shekhar Chyaan Lama music video
छुर्पी मिठो फुङ्लीङ्को गीत गएर चर्चा कमाएका लामाले पछिल्लो समय निकै आशालाग्दो गीत म्युजिक भिडियो सहित सार्वजनिक गर्ने भएका छन् ।
चर्चित म्युजिक एरेन्जर तथा संगीतकार साहस शाक्यको शब्द संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका हुन् ।
शेखरको रिक्वेस्ट एल्बममा समावेश एस गीतको म्युजिक भिडियोमा चर्चित मोडेल बिनोद न्यौपाने , एलिशा राई र बाल कलाकर निप्पोन च्यान लामाले अभिनय गरेका छन् ।
काठमाडौको फर्पिङ वरिपरी छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजारमा ल्याउने गायक लामाले बताएका छन् ।

प्रतिक्रिया