Bisal Chautari Logo

आयुषा मानन्धर बनिन्, ‘सिटिभि मोबाइल मिस प्लस टु–२०१५’

- १० आश्विन २०७२, आईतवार १३:५९ मा प्रकाशित


Miss +2 2015 winner Aaysuha Manandhar
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज १० आइतबार । ‘सिटिभि मोबाइल मिस प्लस टु–२०१५’ आयुषा मानन्धर बनेकी छिन् । आयुषाले ताजसंगै सिटिभी मोबाइलको तर्फबाट आईफोन ६ पनि उपहार स्वरुप प्राप्त गरेकी छन् ।

Miss +2 2015 winner Aaysuha Manandhar
बन्दना कलाकेन्द्र आयोजना गरेको प्रतियोगीतमा काजोल शाहीले फस्ट रनरअपको उपाधी हात पारेकी छन् भने डिजिना डंगोलले सेकेन्ड, किर्ति पौडेल, थर्ड र पुजा लामा, फोर्थ रनरअपको ताज पहिरिएका थिए । स्पर्धामा १२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरलाई वेष्टस्किन अवार्ड, वेष्टवाक अवार्ड, मिस पर्सनालिटि, मिस ट्यालेन्ट, मिस डिस्प्लिन, मिस फ्रेण्डसिप लगायत विभिन्न अवार्डहरु वितरण गरिएको थियो ।

Miss +2 2015 winner Aaysuha Manandhar (2)
कार्यक्रमको निर्णायक मण्डलमा प्रमुख निर्णायकका रुपमा प्रायोजक सिटिभि मोबाइलका किसन राई, प्राज्ञ तथा संगीतकार शान्तिराम राई ,सुप्रिया राई, दिपिका केसी, निर्जन थापा, सगुन नकर्मी , कुसम बज्रचार्य रहेका थिए ।

Miss +2 2015 winner Aaysuha Manandhar (1)
नेपाल आइडल विक्रम राई, गायक अनिल थुलुङ, दिपा थापा, दिनेश डि.सि. लगायतले गीत प्रस्तुत गरेका थिए भने बन्दना कलाकेन्द्रको कोरीयोग्राफर राइविन्द्रको समुह तथा विभिन्न कलाकारले नृत्य ,इन्टरनेशनल तेक्वान्दो डोजाङ चाबाहिलका खेलाडीहरुको डेमोस्ट्रेसन तथा आकर्षक रोर्बट डान्स समेत प्रस्तुत् गरिएको थियो ।

प्रतिक्रिया