Bisal Chautari Logo

कलाकारलाई भिसा नदिरहेको बेला निर्देशक डिसी १ महिनाका लागि अमेरीका उडे

- ६ भाद्र २०७०, बिहीबार १२:५५ मा प्रकाशित


ब्रेकर :–डिसीलाई अमेरिकन एम्बेसीले पाच बर्षको लागि मल्टिपल बिजनेस भिजा दिएको छ । जुन भिसाका कारण अत्यन्त खुशी छन्, डिसि । 

६ भाद्र, काठमाडौ । 
धेरै कलाकारहरुको अमेरीकाले भिसा रोकिदिएर अमेरीका जानबाट बन्चित रहेको छन् । तर निर्देशक समाजका अध्यक्ष दिनेश डिसि भने एक महिनाका लागि अमेरीका आज उडेका छन् । पााच बर्षअघि अमेरिकन भिसा लागेर पनि अमेरिका नउडेका निर्देशक दिनेश डिसी आज पहिलो पटक  एक महिनाका लागि त्यता लागेका छन् । जेट एयरवेजबाट दिउासो साढे दुई बजे मुम्बई हुदै अमेरिका प्रस्थान गर्ने उनको  नेप्लीज एसोसिएसन अफ साउथ इष्ट अमेरिकाको सम्मेलनमा मुख्य सहभागीता रहनेछ । 
यस्तै अमेरिका भ्रमणका क्रममा हुने विभिन्न कार्यक्रममा उनी निर्देशित फिल्म मायाज बारको पनि स्पेशल शोहरु आयोजना हुने डिसीले जानकारी दिएका छन् । निर्देशक समाजको अध्यछ पदमा रहेका डिसीलाई विदाई गर्न समाजका उपाध्यक्ष राजु केसी, महासचिव ऋषि लामिछाने,कोषाध्यक्ष सुमन दाहाल सहित सदस्य योगेश घिमिरे एयरपोर्ट पुगेका थिए । डिसीलाई अमेरिकन एम्बेसीले पााच बर्षको लागि मल्टिपल बिजनेस भिजा दिएको छ । जुन भिसाका कारण अत्यन्त खुशी छन्, डिसि । 

प्रतिक्रिया