Bisal Chautari Logo

उदयपुरमा १ हजार १० लिटर घरेलु मदिरा नष्ट

- ६ भाद्र २०७०, बिहीबार १३:२८ मा प्रकाशित


सचिन वशिष्ठ
६ भाद्र, उदयपुर । 
अवैध रुपमा उत्पादन गर्दै गरेको अवस्थामा प्रहरीले विहिवार ठुलो मात्रामा घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । अवैध मदिरा उत्पादन गरिरहेको विशेष सुराकिका आधारमा ईलाका प्रहरी कार्यालय जलजलेका सई राजेन्द्र थापाको नेतृत्वमा गएको प्रहरी टोलिले त्रियुगा नगरपालिका ११ जलजलेबाट तीन हजार लिटर घरेलु मदिरा (रक्सी) र रक्सी बनाउन प्रयोग गरिने सोहि परिमाणको कोदोको जाड बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी अजय भट्टराईले जानकारी दिए ।

जलजलेबाट पहिलो चरणमा १७ ड्रम (एक हजार लिटर)जाड, एक हजार लिटर रक्सी र बनाउन प्रयोग गरिने ३ थान भाडा समेत जफत गरेको थियो । यस्तै दोश्रो चरणमा दुई ट्रक ड्रममा रहेको एक हजार लिटर रक्सी र बनाउन प्रयोग गरिने कच्चा पदार्थ जाडक समेत जफत गरि नष्ट गरेको प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिए । बरामद गरिएको रक्सी जिल्ला प्रशासन, करदाता सेवा कार्यालय, पत्रकारहरुको रोहवरमा तीन हजार लिटर जिल्ला प्रहरी कार्यालय परिसरमा र एक हज्जार लिटर ईलाका प्रहरी कार्यालय जलजलेमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तैगरी जलजलेबाट मदिरा उत्पादन गरिरहेको अवस्थामा ईन्द्रमाया श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । सो ठाउमा ठुलो मात्रामा रक्सी अवैध रक्सी उत्पादन गरि छिमेकि जिल्ला सिरहा, सप्तरी, सुनसरी र मोरङ हुादै भारतका विभिन्न ठाउमा सप्लाई हुने गरेको प्रहरीले जनाएको छ ।  पछिल्लो समयमा उदयपुरमा अवैध रुपमा घरेलु मदिराको उत्पादन र विक्रि वितरण बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न प्रहरी लागि परेको छ । नगरपालिका भित्र र जिल्लाका विभिन्न पहाडि भेगबाट सदरमुकाम लगाएत छिमेकि जिल्लामा अवैध निकासि हुने भन्दै प्रहरीले विशेष अभियान सुरु गरेको हो ।
प्रहरी श्रोतका अनुसार जिल्लाको जलजले, देउरी, चुहाडे, मुर्कुचि, साउने, रौता हुदै छिमेकि जिल्लाहरुमा अवैध मदिरा निर्यात हुन थालेको सूचना पाएपछि प्रहरीले कृयाशिलता देखाएको छ । प्रहरीले चालेको मदिरा नियन्त्रण अभियानकै क्रममा गत सोमबार मात्रै १ हजार १० लिटर घरेलु मदिरा नष्ट गरेको थियो ।

प्रतिक्रिया