Bisal Chautari Logo

‘चंखे शंखे पंखे’ प्रिमियरमा सिनेमा रुचाइयो || माधव कुमार र लालबाबुले के भने ? (फोटो फिचर सहित)

- ७ आश्विन २०७२, बिहीबार ०७:०६ मा प्रकाशित


chankhe shankhe pankhe movie premieres
तस्बिर : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ७ बिहिबार । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा धेरै चर्चा अनी अपेक्षामा रहेको चलचित्र ‘चंखे शंखे पंखे’लाई प्रिमियर शोमा रुचाइएको छ । पुर्व प्रधान मन्त्री नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र निकै चर्चामा रहेका सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितसंगै बसेर चंखे शंखे पंखेको प्रिमियर सो हेरेका छन् ।

chankhe shankhe pankhe movie premieres
बुधवार साझ कमलपोखरी स्थित वीग मुभिजमा आयोजित प्रिमियर सोमा उनीहरुले चलचित्र मात्र हेरेनन् कलाकारहरुसंग सेल्फी फोटो समेत लिन भ्याएका थिए । विशेष गरी सेल्फी फोटो लिन माधव नेपालको उत्सुक्ता ज्यादा देखिएको थियो । उनीहरुले चलचित्रको बिषय बस्तु गम्भीर रहेको भन्दै यस्ता बिषय बस्तुमा अरु फिल्म पनि बन्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

chankhe shankhe pankhe movie premieres pooja sharma and sudarsan thapa
हत्तपत्त चलचित्र नहेर्ने लालबाबु पण्डितलाई चाहि क्लाईमेक्स अपेछा भन्दा छोटो लागेका प्रतिक्रिया दिएका छन् । तर उनले ईन्जोय चाहि गरे । मेरो स्वभाव जस्तै रहेछ हिरोहरुको त्यसैले यस्तो प्रकारको फिल्म अरु बन्नु पर्छ अनि मात्र राष्टको परिवर्तन हुन्छ । लालबाबुले भनेका छन् ।
चलचित्र उद्योगमा भित्रिएका नया निर्माता सन्तोष सेनको लगानीमा बनेको चंखे शंखे पंखेको बजेट एक करोड ७० लाख भनिएको । जसकारण यो चलचित्रले आफ्नो लगानी उठाउन न्यूनतम ३ करोड ५० लाखको ग्रस कारोबार गर्नै पर्ने हुन्छ । सुर्दशन थापाको निर्देशनमा बनेको चंखे शंखे पंखेमा पहिलो भाग कमेडी र दोश्रो भागमा आधुनिक राष्टियताको बिषय उठान गरिएको छ । फिल्ममा निर्देशक सुर्दशन थापा सहित हिरोइन पूजा शर्मा , सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी, नन्दिता केसी लागयतको मुख्य अभिनय छ ।

chankhe shankhe pankhe movie premieres-pooja sharma and prabin
यहि शुक्रबार देखि देशब्यापी प्रर्दशन हुने यो फिल्मको बिषय बस्तुनै त्यस्तै प्रकारको रहेका कारण राजनीति छेत्रबाट अग्नी सापकोटा लगायतका अन्य सभासद तथा नेताहरु सहित सामाजिक छेत्रका केही बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो प्रिमियर सोमा । बुझिए अनुसार अग्नी सापकोटा हिरोइन पूजा शर्माको फष्ट कजन पर्दछन् र उनी नेताको हैसियतले भन्दा पनि मामाको हैसियतले भान्जीको फिल्म हेर्न आएका हुन रे ।

chankhe shankhe pankhe movie premieres-sudarsan thapa and madhab kuram nepal
तर झण्डै सयको हारारहारीमा चलचित्रकर्मीहरु कतारमा हुन गईरहेको नेफ्टा अवार्डमा सहभागीता जनाउन गएका कारण फिल्म फर्टिनिटिका चर्चित अनुहारहरु चाहि समारोहमा निकै कम देखिएका थिए । प्रिमियर समारोहमा महिना दिन अघि चंखे यूनिटले घोषणा गरेको राष्टभक्ति फोटो प्रतियोगिताका तीन बिजेता अञ्जली खड्गी, अस्मिता गैरे , उपकार भण्डारीलाई क्रमश २५ हजार र १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

chankhe shankhe pankhe movie premieres- santosh sen

New Nepali Movie Song
Lyrics: Eknarayan Bhandari
Music: Tara Prakash Limbu
Singer: Rupak Dotel, Bhim Limbu & Rukman Limbu
Actor: Sudarshan Thapa, Pooja Sharma, Subash Thapa, Prem Puri
Director: Sudarshan Thapa
Producer: Aashusen Films Production (Santosh Sen)
Cinematography: Rajesh Shrestha
Editor: Pritam Pandey
Choreographer: Govinda Rai

chankhe shankhe pankhe movie premieres-1

chankhe shankhe pankhe movie premieres-2

प्रतिक्रिया