Bisal Chautari Logo

किड्नी बेचबिखन रोक्ने आर्यन र नम्रताको कथामा प्रिसन्नको ‘होक्से’ प्रोमो सार्वजनिक

- ६ आश्विन २०७२, बुधबार ०६:३३ मा प्रकाशित


Aryan Sigdel and Namrata Shrestha Hokse movie Prasanna Poudyal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ६ बुधबार । नेपाली म्युजीक भिडीयोका बादशाह प्रसन्न पौडेलले करीव १००० भन्दा धेरै भिडीयो डाइरेक्सन गरिसकेका छन् । यसक्षेत्रमा विगत १० वर्षदेखी झुम्दै आएका प्रसन्नले यो विचमा २ वटा ठुलो पर्दाको चलचित्र बनाइसकेका छन् । ‘स्वर’ र ‘मेरो वेस्ट फ्रेन्ड’ सिनेमालाई प्रशन्नले डाइरेक्सन गरीसकेका छन् । र यसका साथै चाइनेज चलचित्र ‘अप निङ द विङ’मा फस्ट असिस्टेन भएर काम गरीसकेका छन् । नेपाली सिनेमा क्षेत्रका तेस्रो जेनेरेसनका डाइरेक्टर प्रसन्न पौडयाल अहीले अमेरीकामा छन् ।

Aryan Sigdel and Namrata Shrestha Hokse movie Prasanna Poudyal
कलाकारहरुको अमेरीका पलायन भइरहेको अवस्थामा विभीन्न पत्र पत्रीका तथा मिडीयाहरुले प्रसन्न पनि पलायन भएको अडकल वाजी काटेका थिय । तर भित्री कुरा चाही अमेरीकाको स्याटल मा हुन गइरहेको स्याटल एसीयन फिल्म फेस्टीवलको लागी उनले निर्देशन गरेको सत्य घटनामा आधारीत चलचित्र ‘होक्से’ को स्क्रीनीङ गर्ने अवसर पाएको हुदा त्यसैमा आफ्नो कला कौसललाई हलीउड सामुन्य प्रस्तुत गर्ने अन्तिम तयारीमा अमेरीका आएका हुन् । हलीउडमा हुनलागेको स्याटल एसीएन फील्म फेस्टीवलमा स्क्रीनीङ अनुमती पाएको सत्य कथामा आधारीत चलचित्र होक्सेको युटुयुवमा प्रोमो सार्वजनिक गरिएको छ ।
होक्से नेपालको सिन्धुपाल्चोको एउटा विकट गाउ हो । जहाका ८० प्रतिसत मान्छेहरुले आफ्नो किडनी वेचेर गुजारा चलाउछन् । यसै वाध्यात्मकारी कुरालाई स्क्रीनमा नीकालेका छन् प्रसन्नले । अमेरीका आउनासाथ अनेक म्युजीक भिडीयोमा ब्यस्त रहेका प्रसन्नले अमेरीकाको करीव २ महीनाको वसाईमा ७ वटा म्युजीक भिडीयो गरीसकेका छन् ।

नेपालदेखीको ब्यस्तता अमेरीका आउदा पनि त्यतीनै रहेको उनी बताउछन् । साथै अमेरीकामा भएको नासा, अन्माको कन्भेन्सकालागी पनि उनी फेसन सोको जजका रुपमा नेपालबाट आएका हुन् । उनको कामका लागी उनले धेरै सम्मानहरु पाएका छन, इमेज अबार्ड, कालीका अवार्ड , विन्दवासीनी अवार्ड लगायत सयौ सम्मान पत्रहरुबाट सम्मानीत छन् ।

Hokse “A Hidden Headline”
Cast: Aryan Sigdel, Namrata Shrestha, Prem Baniya etc
Cinematographer : Bidur Pandey
Editor: Prakash Tuladhar
Vfx: Tekendra shah
Script: Bimba Adhikari
Producer: Krish Rizal
Director : Prasanna Poudyal

प्रतिक्रिया