Bisal Chautari Logo

‘सिनेयात्री स्टार नाइट–२०७२’ मा कलाकारदेखी पत्रकार सम्मको प्रस्तुती (फोटो फिचर सहित)

- ४ आश्विन २०७२, सोमबार १६:०१ मा प्रकाशित


Cine Yatri Star 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ४ सोमबार । राजधानीस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा शनिबार दशैं नजिएको संकेत झल्किएको थियो । दर्शकको भीडले कोचाकोच प्रेक्षालयमा एक कलाकार भन्दैथिए, ‘सिनेयात्रीले कार्यक्रम गरेपछि दशैं लागेजस्तो हुन्छ । आज मलाई यस्तै लागिरहेको छ ।’

Cine Yatri Star 2015
हुन पनि सिनेयात्री मासिक पत्रिकाले केही वर्षयता यसैबेला अर्थात् दशैंको छेकमा निरन्तर सांगीतिक तथा शुभकामना कार्यक्रम गर्दै आएको छ । त्यसैले कार्यक्रमका नियमित दर्शक रहेकाहरुले शनिबार यस्तै महशुस गरे । पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर कार्यक्रम गर्दै आएको हो । ‘सिनेयात्री स्टार नाइट–२०७२’ नाम दिइएको कार्यक्रममा कलाकारले आफ्नो प्रस्तुतीमात्र पस्केनन्, कलमजीवी पत्रकारहरु समेत र्‍याम्पमा उत्रिएका थिए । कार्यक्रममा मोडल एजेन्सी दि र्‍याम्पकी सञ्चालिका तथा चर्चित कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा केही मोडल र पत्रकारले क्याटवाक गरे । कार्यक्रममा स्ट्रिट नेपालका फोटो पत्रकार नविन गुरुङ, मार्गदर्शन दैनिकका एमपी सुब्बा, स्क्रिन नेपालका प्रविनसिंह ठकुरी र विशालचौतारीका विशाल राईले दाउरा–सुरुवालमा क्याटवाक गरेका थिए । र्‍याम्प मोडलिङ एजेन्सीकै केही मोडलले समेत क्याटवाक गरेको कार्यक्रममा चर्चित कोरियोग्राफर, मोडल तथा आरजे कला सुब्बाले पनि र्‍याम्प नोपेकी थिइन् ।

bishal rai Cine Yatri Star 2015
कार्यक्रममा धिरज राई, हिमाल सागर, युवराज गुरुङ, रुकमान लिम्बू, रुपक डोटेल, मञ्जु कुवार, उमा भट्टराईलगायतका गायक/गायिकाले गीतसंगीत पस्केका थिए । कार्यक्रममा अभिनेत्री सीमा केसी र विनोद श्रेष्ठको नृत्यले दर्शकले भरपूर्ण मनोरञ्जन लिएका थिए । सुरज प्रजापति, अनिता छन्त्याल, सुर्य लामा, गिनीकृपा लिम्बुलगायका कलाकारको नृत्यले पनि कार्यक्रमको माहोल तताएको थियो ।

Cine Yatri Star 2015- rukman limbu
बरिष्ठ हास्य कलाकार बसुन्धरा भुषालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, मनाङ मस्र्याङ्दी क्लवका अध्यक्ष सोनिम गुरुङ ‘जिमी’लगायत विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

bishal rai Cine Yatri Star 2015 (2)
कार्यक्रममा बोल्दै सिनेयात्रीका प्रधान सम्पादक आरडी ‘शृंखला’ले भने, ‘यो हाम्रो नियमित कार्यक्रम हो । पत्रिकाको वार्षिकोत्सवका अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका हौं । यस समयमा दशैं पनि नजिकिादो भएकाले शुभकामना आदान–प्रदान पनि हुन्छ ।’ उनले यसपटकको कार्यक्रम नेपालको नयाा संविधानको स्वागतार्थ भएको पनि बताए । कार्यक्रमको सञ्चालन डिनेश डिसीले गरेका थिए ।

bishal rai Cine Yatri Star 2015 (1)

प्रतिक्रिया