Bisal Chautari Logo

‘वडा नम्बर ६’ दुई दिनमै करोड क्लवमा || हलले हिन्दी सिनेमा हटाएर नेपाली सिनेमा प्रर्दशन गर्‍यो

- २ आश्विन २०७२, शनिबार १५:१४ मा प्रकाशित


Woda Number 6 movie Two days Crore Club
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज २ शनिबार । हिजो शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ले सुखद ओपनिङ गरेको छ । रिलिज अगाडी राम्रो प्रोमोशनमा उत्रेको सिनेमा करोड क्लवमा प्रवेश गरेको छ ।

Woda Number 6 movie Two days Crore Club
चलचित्र वितरक गोपाल कायस्थले बताए अनुसार चलचित्र ‘वडा नम्बर ६’ ले शनिवार साझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको बताएका छन् । राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ वटा पर्दा पाएको छ ।
चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखियो । साझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् । त्यस्तै चलचित्र ‘वडा नम्बर ६’ ले गोपी कृष्ण मुभिजमा पनि नयाइतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु ‘गोपी’ र ‘कृष्ण’मा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन ।

Woda Number 6 movie Two days Crore Club (2)

तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’ प्रर्दशन गरिएको छ । खुशीको कुरा त के छ भने दुबै हलहरु हउसफुल छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । ‘यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन’, उनले भने ‘जे होस् चलचित्रले हाम्रो हलमा नया इतिहास कायम गर्यो ।’
हिजो चलचित्रका वितरक सहित वडा नम्बर ६ को टोली काठमाण्डौंका विभिन्न हलहरुमा दिनभरि दर्शकहरुसँग भेटघाट गरेर फिल्मबारे प्रतिक्रिया लिएको छ । विहानै दिपकराजगिरी, दिपाश्री निरौला, केदार घिमिरे माग्ने बुढा, सिताराम कट्टेल धुर्मुस, निर्मल शर्मा गौडा, आर पी भट्टराई, निशान्त बजगाई, वितरक गोपाल कायस्थ गोपिकृष्ण हलमापुगेका थिए । गोपीकृष्णको विहानी शोमा कृष्ण हलमा हाउसफुल भएपछि राधामा पनि फिल्म लगाईयो भने दिउसोको शोमा सबैभन्दा ठुलोहल राधामा हिन्दी सिनेमा कट्टी बट्टीलाई हटाएर वडा नम्बर ६ नै लगाईयो ।

Woda Number 6 movie Two days Crore Club (3)गोपीकृष्ण प्राङ्गगणमा दर्शकले माग्ने बुढालाई बोकेर उचाले भने दिपकराजगिरी, सिताराम कट्टेल, दिपाश्री तथा कुञ्जना घिमिरेलाई पनिदर्शकहरुसँग फोटो खिच्न र अटोग्राफ दिनभ्याई नभ्याई भयो । सबै हलहरुबाट चलचित्रको ब्यापारको बास्तविक डाटा आईसकेको छैन, तर चलचित्रको जुनकिसिमको ओपनिङ्ग छ, यसबाट प्रष्ट हुन्छ वडा नम्बर ६ ले सुनामील्यायो वितरक गोपाल कायस्त यस्तो प्रतिक्रिया दिन्छन् । चलचित्रको चिन्ताले विहिबार रातभरी निन्द्रानलागेको भनेर सुनाउने निर्मात्रीदिपाश्री हलमा दर्शकको ओईरो लागेपछि खुशीले भक्कानिदै रोईन् । त्यस्तै अर्की निर्मात्री कुञ्जना घिमिरेले खुशीहुदै सबैको सामु उनका श्रीमान धुर्मुलाई गालामाम्वाई खाईन् ।

Woda Number 6 movie Two days Crore Club (1)
काठमाण्डौ, भक्तपुर र ललितपुर गरि जम्मा २४ वटा हलहरुबाट प्रर्दशनमाआएको वडा नम्बर ६ ले मल्टिप्लेक्सहरुमापनिनिकै राम्रो शुरुवात गरेको निर्माता दिपकराज गिरीले जानकारी गराए । उज्जल घिमिरेको निर्देशनमा बनेको चलचित्र वडा नम्बर ६ मा १० बर्षे जनयुद्वको बेलाको कथालाई प्रस्तुत गरेको छ । प्राय सम्वादहरुमा दर्शकहरुलाई मज्जाले हसाउने यस सिनेमाले बेला बेलादर्शकको आखामा आसु झार्न पनि सफलहुने दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया