Bisal Chautari Logo

सर्वोत्कृष्ट सुगमसंगीत गायक, गायिकामा आनन्द र अन्जुलाई अवार्ड || मनोजलाई नवप्रतिभा

- २९ भाद्र २०७२, मंगलवार १३:५८ मा प्रकाशित


music khabar music award 2015 anju panta etc
तस्बिरहरु : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २९ मंगलबार । ‘चौथौ म्युजिक खबर म्युजिक अवार्ड–२०१५’ मा विश्व देवकोटाको ‘अन्तरध्वनी’ले ‘सर्वोकृष्ट एल्बम’ को अवार्ड पाएको छ । सोमबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा अञ्जु पन्तले ‘सर्वोकृष्ट गायिका सुगमसंगीत’ महिलातर्फको अवार्ड पाइन् । उनले ‘धेरैलाई बााड्दा’ बोलको गीतबाट अवार्ड आफ्नो पोल्टामा पारेकी हुन् । त्यस्तै, गायक आनन्द कार्की ‘देउरालीको ढुंगा’ गीतबाट सुगमसंगीत पुरुषतर्फ ‘सर्वोकृष्ट गायक’ ठहरिए ।

music khabar music award 2015 anju panta
‘सर्वोकृष्ट संगीतकार सुगमसंगीत’ हरि लम्साल र गीतकार सुगमसंगीततर्फ हरि विष्टले अवार्ड पाए । ‘कस्तो माया लाइयो’ गीतबाट लम्साल र ‘निष्ठूरीको छेउमा रुनु’ मार्फत विष्टले अवार्ड पाएका हुन् । कार्यक्रममा संगीतकार विकाश चौधरीले ‘पब्लिक च्वाइज अवार्ड’ पाए ।

music khabar music award 2015 anju panta-1
त्यस्तै, ‘सर्वोकृष्ट युगल सुगमसंगीतको अवार्ड गायकद्वय प्रमोद खरेल र शिव परियारले पाए । उनीहरुले ‘आफ्नै जीन्दगी’ बोलको गीतबाट अवार्ड पाएका हुन् । विभिन्न ३१ विधामा प्रदान गरिएको अवार्डमा ‘सर्वोकृष्ट चलचित्र संगीतकार अर्जुन पोखरेल चलचित्र ‘स्टुपिड मन’, ‘सवोकृष्ट गजल’ डब्बु क्षेत्री ‘साउनको भेलजस्तो’ र ‘सर्वोकृष्टभूकम्प गीत भिडियो निर्देशक’ डिनेश डिसीले अवार्ड पाए । डिसीले ‘ढल्यो धरोहर’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै बेस्ट इन्करेज्मेन्ट अवार्ड गायक रेवतलाईले ‘तिमिलाई माया गरे’ बोलको गीतबाट पाए ।

music khabar music award 2015 manoj mahato
त्यस्तै, ‘सर्वोकृष्ट नवप्रतिभा सुगमसंगीत’ मनोज महतो ‘चोली लाउछु’ र महिलातर्फ ‘न म तिम्रो हुन सको’बाट गायिका रोशनी अधिकारीले अवार्ड पाइन् भने सर्वोकृष्ट म्युजिक भिडियो मोडल सुगमसंगीत’ पुरुषतर्फ गजिट विष्ट र महिलातर्फ आशिस्मा नकर्मीले अवार्ड पाएका छन् ।

music khabar music award 2015 rewat rai
म्युजिक भिडियो निर्देशनतर्फ भने ‘किन रोयौ ए चरी’मार्फत समन अधिकारी ‘उत्कृष्ट’ भए । ‘ध्वनी मुद्रण’मा मित्र लामा र संगीत संयोजन सुगमसंगीततर्फ विपिन आचार्यले अवार्ड पाए । मित्रले ‘आाशु झारी’ र आचार्यले ‘जिउने कोशिस’ गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, ‘सर्वोकष्ट पाश्र्व गायक’ को अवार्ड युवराज चौंलागाईंले पाए ।

music khabar music award 2015 Yubraj Chaulagainउनले चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनुा’ गीतमार्फत अवार्ड पाएका हुन् भने ‘उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाण्डवी त्रिपाठीले चलचित्र ‘लज्जा’ को गीत ‘मात लाग्यो’बाट उत्कृष्ट भइन् । चलचित्रतर्फ गीतकारको अवार्ड डा। कृष्णहरि बरालले पाए भने लोकदोहारी लयमा विरही कार्कीले अवार्ड पाए । कार्कीले ‘जुनकिरी’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् ।

music khabar music award 2015 shiva pariyar and pramod kharel
त्यस्तै, सर्वोकृष्ट लोकगीत राजु परियार, लोकगायक बद्री पंगेनी र गायिकामा मुना कार्कीले अवार्ड पाए । उनीहरुले क्रमश: ‘दरौं सिरुबारी’, ‘रातो पछ्यौरी’ र ‘म त फूलझै’ गीतबाट अवार्ड पाएका हुन् । लोकदोहोरी मोडल नारायण ढकाल उत्कृष्ट भए । उनीहरु ‘रातो पछ्यौरी’ र ‘म त फूलझैं’ गीतको भिडियोमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, पप गायनमा कृष्ण काफ्ले र महिलातर्फ एञ्जिला रेग्मीले अवार्ड पाए भने पपगीत संगीततर्फ दीपक शर्मा उत्कृष्ट भए । ‘माया बस्यो’ गीतमार्फत दीपकले ‘उत्कृष्ट पपसंगीत’ को अवार्ड पाएका हुन् ।

music khabar music award 2015 krishna bhattarai
म्युजिक भिडियो निर्देशक लोकदोहरीतर्फ शंकर बिसी ‘म त फूलझैं’, शब्द लोकदाहोरी रमेश बिजी ‘झल्को आउाछ’, नवगायिका लोकदोहोरी सम्झना भण्डारी र पुरुषतर्फ सञ्जय फ्राउनफेल्डरले अवार्ड पाए । राष्ट्रिय भावको अवार्ड भने माधवप्रसाद खरेलले ‘मेरो झण्डा’ गीतमार्फत अवार्ड हात पारेका छन् ।

music khabar music award 2015 gajit bista
विभिन्न सांगीतिक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा अन्य अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको थियो । म्युजिक खबर डटकमद्वारा आयोजित कार्यक्रममा कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराईलाई नगद पााच हजार पााचसहित ‘म्युजिक खबर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ‘इन्करेजमेन्ट अवार्ड’ रेवत राईलाई प्रदान गरिएको छ भने ‘जुरी अवार्ड’ राजन ठकुरी र ‘डायस्पोरा संगीत सम्मान’ कुमार पुनलाई प्रदान गरिएको छ । कार्यक्रममा विश्वकै कम उमेरमा चलचित्र निर्देशन गरेर गिनज बुकमा नाम लेखाएका सौगात विष्ट र बालकलाकार दर्शना महर्जनलाई ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०७२’ सम्मान गरिएको छ ।

music khabar music award 2015 saugat bista

प्रतिक्रिया