Bisal Chautari Logo

गौरी, मरिष्का र आर्यनको डाइलगबाट सुरु भयो ‘के म तिम्रो होइन र’

- २९ भाद्र २०७२, मंगलवार ०९:१६ मा प्रकाशित


Mariska Pokharel and Aryan Adhikari movie Ke Ma Timro Hoina Ra
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २९ मंगलबार । चलचित्र के म तिम्रो होइन र को छायांकन प्रारम्भ भएको छ । काठमाण्डौको कलंकस्थित सिटी सेन्टर अस्पतालमा चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा शुभसाइत गर्दै यसको छायांकन प्रारम्भ गरिएको हो । चलचित्रको छायांकन ४० दिनसम्म चल्नेछ ।

Mariska Pokharel and Aryan Adhikari movie Ke Ma Timro Hoina Ra (5)
यसअघि १३ वटा सिनेमा निर्देशन गरिसकेका निर्देशक आकाश अधिकारीको यो १४ आंै फिल्म हो । फिल्मलाई अधिकारी ब्रदर्सको ब्यानरमा द स्काई मुभिजले सहकार्य गर्दै निर्माण गर्न लागिएको छ । सुरेश अधिकारीले यो फिल्ममा लगानी गरेका छन् ।
चलचित्रको शुभसाइत समारोहमा यसका मुख्य कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्ले संवाद बोलेका थिए । चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि अभिनय छ ।

Mariska Pokharel and Aryan Adhikari movie Ke Ma Timro Hoina Ra (3)
चलचित्रमा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठको मेकअप रहनेछ ।
चलचित्रमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको आवाज रहेको छ ।

Mariska Pokharel and Aryan Adhikari movie Ke Ma Timro Hoina Ra (4)
पूर्व राज्य मन्त्री देवेन्द्रराज काडेलले चलचित्रलाई शुभकामना दिए । उनले यो चलचित्र नेपाली सिनेमा क्षेत्रका लागि नया इतिहास बनाउन सफल हुनेमा विश्वास व्यक्त गरे । शुभसाइत समारोहको निर्देशक नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले गरेका थिए भने अभिनेता शिव श्रेष्ठले नरिवल फोडेका थिए । यस्तै, वितरक प्रदिप कुमार उदयले क्यामेराको स्विच अन गरेको शुभसाइत समारोहमा प्रमुख अतिथी देवेन्द्रराज काडेलले क्ल्याप हानेका थिए ।

Mariska Pokharel and Aryan Adhikari movie Ke Ma Timro Hoina Ra (2)

चलचित्र के म तिम्रो होइन रलाई प्रेमकथामा निर्माण गरिनेछ । चलचित्रका मुख्य कलाकार आर्यन र मरिष्काको प्रेम कथालाई रोचक ढंगले फिल्ममा देखाइने निर्देशक आकाश अधिकारीको भनाई छ ।

The film “Ke Ma Timro Hoina Ra” which is directed by Actor Akash Adhikari has begun the shooting of the movie .
This film debuts Aryan Adhikari and Mariska Pokharel. In the ceremony, veteran actor Shiva Shrestha inaugurated the ceremony by breaking the coconut while former Minister Defender Raj Cadel applauded. While giving the direction of shot by Choreographer Basanta Kumar Shrestha, the camera was switched on by Pradip Kumar Uday.

प्रतिक्रिया