Bisal Chautari Logo

मरिष्का र विकासको हट सिनमा वीपी वाग्लेको ‘आजभोली’ सार्वजनिक (भिडियो सहित)

- २६ भाद्र २०७२, शनिबार ०९:५८ मा प्रकाशित


B.P.Wagle song Aaja Bholi by VIKASH MARISKA POKHARE
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २६ शनिबार । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा गीत र म्युजिक भिडियोले निकै फड्को मारिरहेको छ । यही फड्कोमा एउटा इटा थप्न गायक वीपी वाग्लेले ‘आज फेरि आउदिनौ तिमी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

B.P.Wagle song Aaja Bholi by VIKASH MARISKA POKHAREL
चर्चित निर्देशक नितिन चन्दले छायांकन, सम्पादन र निर्देशन गरेको म्युजिक भिडियोमा मोडल मरिष्काले विकास लामिछानेसँग पर्दा शेयर गरेकी छिन् । ‘तलास’ एल्बममा समावेश यो गीतमा वाग्लेकै संगीत छ । गीतलाई रिकेश गुरूङले एरेञ्ज गरेका छन् । यस म्युजिक भिडियोको निर्माता गणेश तिमील्सेना हुन् ।
एल्बमको बारेका बोल्दै वीपी वाग्लेले युवा वर्गलाई लक्षीत गरी गीत तयार पारीएको बताए । भिडियोलाई आधुनिक शैलीमा निर्माण गरिएको छ ।

प्रतिक्रिया