Bisal Chautari Logo

नबिनको पहिलो निर्देशनमा निराजन र अशिष्मा पहिलो पटक एउटै पर्दामा

- २६ भाद्र २०७२, शनिबार ०६:४९ मा प्रकाशित


nabin gurung music video director
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २६ शनिबार । नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका अशिस्मा नकर्मी र म्युजिक भिडियोका ब्यस्त मोडेल निराजन प्रधान एउटै पर्दामा देखिने भएको छ । सोमबार हात्तीबन रिसोर्टमा भएको गायक महेश थुलुङको पलमै हसायौ बोलको गीतमा आब यी दुई मोडल तथा नायिका संगै देखिने भएका हुन् । फोटोपत्रकार नबिन गुरुङले यी दुई चर्चित नायिका र मोडेललाई एकै पर्दामा ल्याउने काम गरेका हुन् ।

nabin gurung music video director
नबिन गुरुङको निर्देशन र छायाकनमा रहेको उक्त म्युजिक भिडियो आफुहरुको यो नै पहिलोकाम भएकोले निकै महत्वपूर्ण रहेको नायिका अशिष्मा नकर्मीले बताइन्
फोटो पत्रकारिता र म्युजिक भिडियो छायांकनमा ब्यस्त नबिन गुरुङले पनि पहिलोपटक आफुले म्युजिक भिडियो निर्देशन गरेकाले आफ्नो लागी पनि यो म्युजिक भिडियो निकै महत्वपूर्ण रहेको बताए । यस म्युजिक भिडियोमा अशिश्मा र निराजन संगै कलाकार सुनिल मगरले पनि अभिनय गरेका छन् । मण्डला थिएटरमा आबद्ध सुनिल मगर नाटकमा ब्यस्त कलाकार हुन् । गायक महेश थुलुङ्कको एल्बम मोमेन्टमा समावेश यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजानिक गरिने गुरुङले बताएका छन् ।

प्रतिक्रिया