Bisal Chautari Logo

अमेरिका बस्ने मुरारीले ल्याए ‘अनामिका’

- २६ भाद्र २०७२, शनिबार ०६:३४ मा प्रकाशित


Murari Bhattarai albam anamika
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २६ शनिबार । प्रवासमा रहेर नेपाली संगितलाई माया गर्ने नेपालीहरु धेरै छन् । नेपाली संगितकै क्षेत्रमा लागिरहेका थुप्रै छन् । यही सुचीमा पर्छन्, गायक मुरारी भट्टराई । अमेरिकास्थित क्यालिफोर्नियामा बस्ने उनले नेपाली गिती एल्बम ‘अनामिका’ सार्वजनिक गरेका छन् ।

Murari Bhattarai albam anamika
एल्बममा ‘अनामिका’, ‘नाम तिम्रो’, ‘कहिलेकााही तिमीलाई’, ‘मलाई छोडी गयौ तिमी’ र ‘जबसम्म तिमीलाई’ बोलका पााचवटा गीत समावेश छन् । एल्बममा विकास चौधरीको एकल संंगीत छ । गायक मुरारीलाई फिमेल भ्वाइसमा गायिका जुनु रिजाल र जुना प्रसाईले साथ दिएका छन् । एल्बमका गीतहरु चिरञ्जीवी कोइराला र चिरञ्जिीवि आचार्यले लेखेका हुन् ।
एल्बमका पााच गीत मध्ये ‘कहिलेकााही तिमीलाई’ बोलको गीतको भिडियो अमेरिकामै छायांकन गरेर बनाउने तयारी गरिरहेको गायक भट्टराईले बताए । ‘प्रवासमा रहे पनि हामी नेपाली गीत–संगितलाई भुल्दैनौ । नेपाली संंस्कृतिलाई बिर्सदैनौा । भौतिक रुपमा म अर्कै देशमा भए पनि मन मेरो सधै नेपालमै रहन्छ । नेपाली संगितको क्षेत्रमा निरन्तर लाग्नेछु’, उनले भने ।

प्रतिक्रिया