Bisal Chautari Logo

‘ठमेल डटकम’को शिर्ष गीतमा एक हिरो मारिए (सार्वजनिक भिडियो सहित)

- २३ भाद्र २०७२, बुधबार ०२:४० मा प्रकाशित


Thamel.com OST of New Nepali Movie song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २३ बुधबार । प्रतिष्ठित चलचित्र हाउस गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ’ठमेल डटकम’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ठमेल डटकम’को शिर्ष गीतमा अभिनेता नरेन खड्का मारिएका छन् । यो रहस्य गीतमै सार्वजनिक गरिएको छ ।

Thamel.com OST of New Nepali Movie song
‘ठमेल डटकम’बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ । यसअघि सार्वजनिक भएको ‘तिमी नभए’ बोलको गीतलाई दर्शकले अत्यधिक मनपराएसंगै चलचित्रको शिर्ष गीत सार्वजनिक छ ।

पुराना चर्चित निर्देशक राजकुमार शर्माले निर्देशन गरेको चलचित्र ’ठमेल डटकम’बाट शर्मा नेपाली रजतपटमा पुनरागमन समेत गर्दैछन् । निर्देशक पुराना भएपनि चलचित्रले पछिल्लो समयका युवा पुस्ता केन्द्रित कथा बोकेको बताइएको छ । भारतिय चलचित्र समेत निर्देशन गरिसकेका शर्मा निकै अब्बल चलचित्र निर्देशकमा गनिन्छन् ।
चलचित्र ’ठमेल डटकम’ को यसै गीतमार्फत पहिलो पटक मोडल सम्पदा बानियाा चलचित्रमा फिचारिंग भएकी छिन् । अनुप बिक्रम शाही, प्रमोद अग्रहरी र नरेन खड्कासंगै निता पोखरेलको मुख्य भूमिका रहेको चलचित्र आउदो कार्तिक ५ र ६ गते दशैको दिनबाट प्रदर्शन हुदैछ ।
हेर्नुहोस् चलचित्रको ओएसटि गीतको भिडियो :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

“Thamel.com” OST of New Nepali Movie ‘Thamel.com’ HD
Its “GOPI KRISHNA MOVIES’ Presentation
Vocal : Subani Moktan

Anoop Bikram Shahi, Neeta Pokharel, Pramod Agrahari
Music : Arjun Pokharel
Lyrics : Dayaram Pandey
Colorist : Renish Phago
Editor : Tara Thapa (Kimbhey)
Choreographer : Ramji lamichhane
Creative Head : Manoj K.C
D.O.P : Raju Bikram Thapa
Presenter : Uddhab Paudel
Producer : Nikhita / Niraj / Nirak Paudel
Director : Raj Kumar Sharma
Releasing On : 2072 Karthik 5/6

प्रतिक्रिया