Bisal Chautari Logo

नेफ्टाले ‘कला रत्न उपाधी’ मह जोडीलाई प्रदान गर्ने

- २२ भाद्र २०७२, मंगलवार १५:४३ मा प्रकाशित


madan krishna shrestha and hari bansha acharya kala ratna nefta award
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २२ मंगलबार । नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने एक फिल्मकर्मीलाई हरेक बर्ष उपाधी प्रदान गर्दै नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष पनि हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्ने भएको छ ।

madan krishna shrestha and hari bansha acharya kala ratna nefta award
कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को अवसर पारेर हजारौ दर्शकको विचमा मह जोडीलाई ‘कला रत्न’ उपाधी प्रदान गर्न लागिएको हो । यो बर्षको अवार्ड समारोहमा मह जोडीसागै करिब ८० जना फिल्मीकर्मी कतार जादैछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसाग सहकार्य गर्दै नेफ्टाले अवार्डको आयोजना गर्न लागेको हो ।
कला रत्न उपाधीबाट सम्मानित हुने भएपछि मह जोडीले पनि खुशी व्यक्त गरेका छन् । पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुकै कारणले आफूहरु आज एउटा उचाइमा पुगेको भन्दै मह जोडीले तिनै प्राविधिकहरुबाट सम्मानित हुन पाउादा गर्व लागेको उनीहरुको भनाई छ ।
नेफ्टाले राजेश हमाललाई ‘महानायक’, शाहलाई ‘अभियन शिरोमणी’ र करिश्मा मानन्धरलाई ‘सदाबाहर नायिका’को उपाधी प्रदान गरिसकेको छ ।

प्रतिक्रिया