Bisal Chautari Logo

प्रेमकथामा चलचित्र बनाउदै गोविन्द राई, गीत रेकर्डिङ सुरु

- २२ भाद्र २०७२, मंगलवार १०:५३ मा प्रकाशित


Gobind Rai Love Story Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २२ मंगलबार । चलचित्र ‘नागबेली’बाट निर्देशनमा डेब्यु गरेका चर्चित कोरियोग्राफर गोविन्द राईले अर्को फिल्मको निर्देशन गर्ने भएका छन् । नाम फाइनल नभईसकेको उनको चलचित्रले मंगलबार राजधानीको पुतलीसडकस्थित म्युजिसियन स्टुडियोबाट गीत रेकर्डिङ गर्दै कामको शुभारम्भ गरेको छ ।

Gobind Rai Love Story Movie
प्रेमकथा जनराको फिल्मको ‘झरना झरी’बोलको गीतका लागि ज्ञान सुब्बा र कला चेम्जोङ, ‘कसै कसैलाई’बोलको गीतका लागि बानिका प्रधानले स्वर दिएका छन् । गीतमा पोषराज दाहाल, सञ्जिवनीको शब्द रहेको छ भने सााज सिंहको सोलो संगीत छ । गीतमा चााद सिंहको एरेञ्ज छ ।
ओम माने पद्य्मे हुाको व्यानरमा निर्माण हुन लागेको फिल्ममा करण तामाङ र हङकङ धरान १७ समाजको लगानी रहनेछ । फिल्मको छायांकन तिहार पछाडिबाट शुरु गरिने निर्देशक राईले जानकारी दिए । फिल्ममा कमल राईको नृत्य हुनेछ भने अन्य प्राविधिक फाइनल भईसकेका छैनन् ।

प्रतिक्रिया