Bisal Chautari Logo

उदयपुरमा ट्रिपर दुर्घट्ना हुदा १को मृत्यु १३ घाईते

- ७ भाद्र २०७०, शुक्रबार ११:३२ मा प्रकाशित


सचिन बशिष्ठ
७ भाद्र, उदयपुर । 
उदयपुरको त्रिवेणि ६ गराासमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने कटारी मिचैया सडक खण्डको गराासमा ना. ३ ख ६६६८ नम्बरका ट्रिपर दुर्घटना हुादा सिराहाको फुलबरीया ७ का २४ बर्षीय कुमार पुलामीमगरको मत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी अजय भट्टराईले जानकारी दिए । मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति ट्रिपर दुर्घटना हुादा मगरसहित १४ जान घाईते भएका थिए ।
जिल्लाको शिरिसे गाविसको पटनाभन्ज्यङग स्थित ढुंगा खानीबाट धनुषाको महेन्द्र नगरमा रहेको कसमस सिमेन्ट उद्योगमा चुनढुगा लिएर जाँदै गरेको ट्रिपर दुर्घटना हुादा घाईते भएकामध्ये भीम परियार र राजेश परियारको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
त्यसैगरि घाईतेहरु गणेश मगर, सन्तोष भट्टराई, आशा लामा, र  सविना लामाको धरानमा उपचार भई रहेको छ । अन्य टंकबहादुर मगर, अनिल राई, चन्द्र मगर, सुजन मगर, संजय मगर, दिपक मगर, र रन्जित साहको मिर्चैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये काठमाडौ लगिएका दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गएराति अगाडि गुडिरहेको ट्याक्टरलाई उछिन्न खोज्दा अनियन्त्रीत भएर सडक किनारामा पल्टेको थियो । दुर्घट्नापछि चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया