Bisal Chautari Logo

दिपकले दिपालाई बोक्दा, माग्ने बुढालाई दिपाले यसरी उचालिन् : ‘वडा नं ६’ प्रचार (फोटो फिचर)

- १९ भाद्र २०७२, शनिबार ११:४१ मा प्रकाशित


Deepak Raj Giri_Kedar Ghimire and Dipa Shree Niraula
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १९ शुक्रबार । प्रदर्शन हुन दुई साता कम समय बाँकी हुदा ‘वडा नं ६’ निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई व्यापक बनाइरहेको छ । निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो फिल्मको प्रचार प्रसार गाईजात्रा चलिरहेको एकेडेमी हलदेखि शहरका चोकचोकमा समेत गरिरहेका छन् ।

Deepak Raj Giri_Kedar Ghimire and Dipa Shree Niraula
शनिबार भने ‘वडा नं ६’ युनिट प्रचार प्रसारको क्रममा बालाजुस्थित माछापोखरी चोकमा पुगेको थियो । जहाा सयौं सर्वसाधरणले असोज १ गतेदेखि प्रदर्शनमा आउने हाास्य व्याङ्ग्य कलाकारको फिल्म बारे जानकारी सागै मनोरञ्जन पनि लिए । सार्वजनिक कार्यक्रममा ‘वडा नं ६’ का कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, केदार घिमिरेले रमाइलो तवरले फिल्मबारे जानकारी गराउादै दर्शकलाई मनोरञ्ज दिए ।

Deepak Raj Giri and Dipa Shree Niraula
त्यस्तै निमात्री एंव ‘वडा नं ६’ की विशेष पात्र दीपाश्री निरौलालाई स्टेजमै उचाल्ने होडबाजी चल्दा कार्यक्रम थप मनोरञ्जनात्मक बन्न पुग्यो । दिपाश्रीलाई क्रमश: माग्नेबुढा, दिपकराज र कोरियोग्राफर शंकर बिसीले उचालेका थिए भने दीपाश्रीले माग्नेबुढालाई पनि उचालेकी थिइन् । यता संगीतकार, गीतकार एवं गायक राजनराज सिवाकोटीले फिल्ममा समावेश ‘सुर्के थैली खै’ बोलको गीत गाए, जुन लोक लयको गीतलाई श्रोताले मन पराइरहेका छन् । त्यस्तै कलाकार राजाराम पौडेले रमाइलो गीत गाएर दर्शकलाई मनोरञ्ज दिए ।

Kedar Ghimire and Dipa Shree Niraula 1
निर्मात्री दीपाश्री निरौलाले फिल्म रिलिज नहुादा सम्म शहरका मुख्य मुख्य चोकमा यस्तै कार्यक्रम गरि माइकिङ समेत गरिने बताइन् । दर्शकलाई फिल्म हलमा आउादै छ भन्ने जानकारी दिन यस प्रकारका कार्यक्रमको आवश्यक रहेको कलाकार एंव निर्माता दिपकराज गिरीले बताए । उज्जल घिमिरे निर्देशित फिल्ममा दिपकराज, जितु नेपाल, केदार, सिताराम, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । बालाजुको कार्यक्रममा जितु, दयाहाङ र प्रियंका भने उपस्थित थिएनन् ।

Kedar Ghimire and Dipa Shree Niraula
शब्द तथा तस्बिर : उत्सब रसाईली

प्रतिक्रिया