Bisal Chautari Logo

बोक्सी आरोपबाट पिडित आमा छोरी न्याय खोज्दै

- ७ भाद्र २०७०, शुक्रबार ११:४२ मा प्रकाशित


हाम्रो समाज 
सचिन बरिष्ठ
७ भाद्र, उदयपुर । 
अपशब्द प्रयोग गरी बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्दै आमा छोरीले शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका छन् । त्रियुगा नगरपालिका ११ उत्तराईटोलका दुई आमा छोरीले स्थानीय ६ जना व्यक्तिलाई कारबाहीको माग गदै शुक्रवार   जिल्ला प्रहरी कार्यालय उदयपुरमा किटानी जाहेरी दिएका हुन् ।
फाईल तस्विर
उत्तराईटोलकि आशादेवी चौधरी र छोरी निशा चौधरी (नाम परिवर्तन) ले आफूहरुमाथि लामो समय देखि वोक्सीको आरोप लगाउदै गाउँमा पटपटक अपशव्द वोलेर शारिरिक र मानसिक यातना दिएको भन्दै  सोहि ठाउका कारिचन चौधरी, रविलाल चौधरी, झगडु सदा, रविन्द्र कुमार चौधरी, सुनिता कुमारी चौधरी र प्रविणप्रसाद चौधरी माथि कारवाहिको माग गर्दै निवेदन दर्ता गराएका हुन ।
उनीहरुले  बोक्सी भन्दै अपशब्द बोल्ने, गााउमा मानिस वा जनावर विरामी भएमा बोक्सीले गर्दा यस्तो भएको भन्दै मानसिक तनाव दिने गरेकाले असह्य भएर प्रहरीमा न्यायका लागि उजुरी दिएको पीडित आमा छोरीले बताएका छन् । 
गत मंगलबार राति ११ बजे कारिचन र रविलाल सहितको टोलिले निशालाई घरबाट जवरजस्ति उठाएर कुटपिट गर्दै लछारेर नजिकैको भगवती मन्दिरमा लगेको पीडित निशाले बताईन् । कुट्दै मन्दिरमा लगेर बोक्सी हुा भन्न लगाए, उनले भनिन–‘यदि बोक्सी स्विकार्दिनस भने तालाई गोलि ठोकेर यहिा मार्दिन्छु भन्दै कुटपिट गरे ।’
यसवर्ष मात्रै एसएलसी सकाएर बसेकि उनलाई सुरुमा आफै संग पढ्ने सहपाठि साथिले बोक्सीको आरोल लगाएको बताईन् । २०६७ सालमा पनि उनीहरुलेनै आशादेवीलाई बोक्सीको आरोप लगाई प्रहरीमा उजुरी गरेपछि ईलाका प्रहरी कार्यालय जलजलेले आईन्दा यस्तो गल्ति नगर्ने सहमतिमा मिलापत्र गरिदिएको  आशादेवीले बताईन् ।
मिलापत्रले कामै दिएन, उनले भनिन–‘फेरी जेठ देखि बोक्सीहोस भन्दै छोरीलाई कुटपिट गर्छन, सहनै नसकेपछि प्रहरीको सरणमा आएका छौ ।’ सवै गाउालेले बोक्सी भन्छन्, छोरी ठुली भईसकेकाले दिन दिनै विहे गर्ने बेला भएको छ, गहभरि आाशु पार्दै आशादवीले भनिन्–‘विह गर्नेबेलामा यस्तो आरोप लगाउछन अव कसरी छोरीको विहे गरिदिनु ?’ यीनिहरुको चिन्तालेनै २ दिन देखि खाना खाएको छैन उनले भनिन । यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर बाबुराम पौडेलले आमाछोरी माथि भएको दुब्र्यहारको छानवीन गरी दोषी माथि कार्वाही गर्ने वताएका छन् ।
मुलुकी ऐनको अदातति बन्दोबस्ति महल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनैपनि महिलामाथि दुव्र्यवहार गर्नेलाई तीन महिनादेखि दुई बर्ष सम्म कैद वा रु पााच हजार देखि रु २५ हजार सम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । कतिपय घट्नाहरुलाई समाजमै मिलाउने गरिएपनि कानुनि कारवाहि गरिनुपर्ने पीडितहरुको माग रहेको छ ।

प्रतिक्रिया