Bisal Chautari Logo

‘मिष्टर ग्लोवल नेपाल २०१५’ आयोजना हुँदै

- १७ भाद्र २०७२, बिहीबार १४:३७ मा प्रकाशित


mister global nepal 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १७ बिहिबार । नेपाली युवाहरुको सौदर्य र प्रतिभा निखार्दै अन्तराष्ट्रिय स्तरको ब्यावसाही मोडल उत्पादन गर्ने उदेश्यकासाथ नेपालमा पहिलो पटक ‘मिष्टर ग्लोवल नेपाल २०१५’ आयोजना हुँदैछ । अन्तराष्ट्रिय मोडलिङ जगतमा नेपालको दर्बिलो उपस्थिती गराउने लक्ष्य बोकेको प्रतियोगीता नेक्ष्ट मोडलस् नेपालले आयोजना गर्न लागेको हो ।

mister global nepal 2015
बुधबार एक बिज्ञाप्ती मार्फत आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगीता बिभिन्न पक्ष सहित आवेदन खुल्ला भएको जानकारी दिएको छ । नेपाली मुलका जुनै समुदायका १८ देखि २८ बर्षसम्मका ,न्युनतम प्लस २ अध्यायनरत र पाँच पिट आठ इन्च उचाही भएका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ ।
अवसरको खोजीमा रहेका युवालाई अन्तराष्ट्रिय मोडल बनाउन प्रतियोगीताले सहयोग पुग्ने नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर व्यक्तित्व विकासलगायतका बिषयमा प्रतियोगीताले ज्ञान प्रदान गर्ने भएकोले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन प्रतियोगीलाई सजिलो हुने धमलाको भनाईछ ।
आगामी असोजको तेस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगीताको प्रि अडिसन देशका प्रमुख शहर काठमाडौ ,पोखरा, बिराटनगर, चितवन, धरानलगायतका स्थानमा हुनेछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिमस्पर्धाका लागी अन्तराष्ट्रिय स्तरको रनवे ,मोडलिङ वर्कसप, ब्यक्तित्व बिकाश, कम्युनिकेस डेभलब बिकाश, फोटो सुट तथा भिडियो सुट ट्रेनिङ, मास कम्युनिकेसन ट्रेनिङका अलवा बिभिन्न समाजीक संजाल, मानव अधिकार ,संन्चार कला, स्टेज फकमेन्सलगायत बिभिन्न बिषयमा दक्ष व्यक्तित्वद्धारा ज्ञान प्रदान गरिनेछ । प्रतियोगीतामा सहभागीताका लागी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगर तथा यसको वेभसाइटबाट पनि आवेदन दर्ता गराउन सकिनेछ ।
प्रतियोगीतामा शिर्ष सहित फष्ट रनर अफ, सेकेण्ड रनर अप, मिष्टर कन्जेनियालिटी, मोष्ट फोटोजेनिक, बेष्ट नेशनल कस्ट्युम, मिष्टर इन्टरनेट पपुल्यारिटी ,मिष्टर फिजिक, बेष्ट ट्यालेन्ट, मिष्टर बेष्ट मोडल, मष्ट पपुलर ,मष्ट डिसिप्लिन , सोसियल वर्कर लगायतका बिधामा पुरस्कृत गरिने छन् ।
प्रतियोगीताका शिर्ष बिजेताले एक लाख नगद सहित मिष्टर ग्लोबल २०१६मा नेपालको प्रतिनिधित्व गर्नुको अलवा चलचित्र ,म्युजिक भिडियो बिज्ञापन चलचित्र अभिनय अवसर, राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा सहभागीता जनाउने अवसर, अन्तराष्ट्रिय सेलिब्रेटीसँग घुलमिल गर्ने अवसर, अन्तराष्ट्रिय मोडलिङ तथा रनवे सम्बन्धी प्रशिक्षणलगायतका बिभिन्न अवसर प्राप्त गर्नेछन् । प्रतियोगीताबाट बचेको रकम समाज सेवामा लगाईने कार्यक्रम निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया