Bisal Chautari Logo

नाफामुखि सेक्सबजार

- ७ भाद्र २०७०, शुक्रबार १५:०८ मा प्रकाशित


EXCLUSIVE

विनोद ढकाल 

ब्रेकर : विश्वबजारमा कुख्यात पत्रिकाहरुले सेलिब्रिटीहरुको सेक्सस्क्याण्डल, रिलेशनसीपको बारेमा पनि लेख्ने गरेका छन् । बजारमा विक्रि हुने उक्त शैलीलाई अखबारले पछ्याउनुको पछाडीको कारण आफ्नो व्यापार नै हो ।
जवभारतमा व्यापारको बाहनामा अंग्रेजहरुको प्रवेश भयो त्यसपछि त्यहाा ससाना झुण्डमा रहेका राज्यहरु र तिनका राजाहरुको अस्तित्व संकटमा पर्‍यो । उनीहरु संवैधानिक बन्दै गए र अंग्रेजहरुको शासनले व्यापकता पायो । तर, राजामहाराजाहरुलाई आफ्नो सियासत जसरी पनि जोगाउने बाध्यता थियो । घरेलु हतियार र सुरासुन्दरीको भरमा राज्य चलाइरहेका राजाहरुले अंग्रेजहरु खुसी बनाउनुपर्ने अनिवार्यता पनि थियो । अन्यथा, उनीहरुको राज्यमा केही सीप चल्ने भएन ।
अंग्रेजहरुलाई खुसी बनाउनका लागि आफ्ना दरबारमा नाच्ने, सुख भोग गराउने स्त्रीहरुलाई अंग्रेजहरुकहाा पठाएर उनीहरु सियासतका राजा भएर बसे । यो उनीहरुको सेक्स घुस थियो, राज्य टिकाउनका लागि । विस्तारै अंग्रेजहरु भारतीय सुन्दर महिलाहरुसाग रम्न थाले, भोगमा विचलित हुन थाले र राजाहरुले शासनलाई कायम राख्न सके । यद्यपि, स्वतन्त्रता संग्रामभन्दा निकै अघि भारत यो अवस्थाबाट गुज्रिरहेको थियो । कतिपय राज्यमा अंग्रेजहरुले उनका नतर्की र यौनसुख दिनेहरुसाग विवाहमात्र गरेनन्, सियासतका राजकुमारी पनि बनाएको उद्दरणहरु छन् । तर, ती यकिन र पुष्टिका आधारहरु भन्दा कथाहरुमा सीमित रहेको पाइन्छ ।

फाईल तस्बिर  

अमेरिकी अभिनेता स्टिभ मार्टिनसाग सेक्सको बारेमा पत्रकारले सोधेका थिए,‘सेक्स भनेको के हो ? कस्तो बस्तु हो ?’ उनले सेक्सलाई अति सरल रुपमा व्याख्या गरिदिए । उनले भनेका थिए,‘सेक्स त्यस्तो चीज हो त्यो किनेर उपभोग गर्न पाइन्छ’ । अर्थात सेक्स बजारीकरण भइसकेको छ खरिद गर्दा पाइन्छ भन्ने नै उनको तर्क थियो । आधुनिक समाजको स्थापना गर्नका लागि पश्चिमाहरुको उदाहरणको मुलुक बनेको संयुक्त राज्य अमेरिका आफैं युवाहरुले बनाएको मुलुक हो र त्यहााका युवाहरुले उर्जाका लागि सेक्सलाई नियमित रुपमा उपभोग गर्नुपर्ने व्याख्या गरे । जसका कारण अन्य काममा पनि उर्जा थपिने र निर्भिक रुपमा काम गर्ने प्रचलन बढेर आयो । अहिले सोही ठाउामा निलो फिल्महरुको उत्पादन कानुनले पनि मान्यता दिएको छ र त्यस्ता फिल्महरुको प्रमोशनपनि राम्रोसाग हुने गरेको छ । यो एउटा व्यापारका रुपमा पश्चिमबाट फक्रिएर आएको विषयमात्र बनेन, यसले विश्वबजारमा एसीयालाई पनि तान्यो । अहिले एसियाका कयन मुलुकहरु प्राकृतिक होस अथवा कृत्रिम सेक्सबजारबाट मनग्गे आम्दानी गरिरहेका छन् ।

सेक्ससग जोडिएका व्यापार सामान्यतया प्रत्यक्षमात्र पनि छैनन् । परोक्षरुपमा पनि यस्ता व्यापार अघि बढेको पाइन्छ । मिडियादेखि तरकारीबजारसम्मले पनि सेक्ससग जोडिएका अनेक व्यापार प्रचुर बनाएका छन् । फलत: विश्वबजारमा कण्डोम कम्पनीहरुले आर्जन गरेको आर्थिक समृद्धि एउटा उदाहरण बन्न सक्छ । 
विश्व हल्लाउनेगरी फ्रान्सको ट्यावोलाइड पत्रिका क्लोजरले बेलायतकी राजकुमारी केट मिडलटनको टपलेस तस्वीर छापेको थियो । उक्त तस्वीर सार्वजनिक भएपछि युरोप, अमेरिकामा केटको भयंकर चर्चा भयो । त्यस चर्चाको प्रभावले पूर्वी तथा दक्षिण एसीयामा पनि हल्लिएको थियो । केट र राजकुमार विलियमको त्यो तस्वीर क्लोजरका लागि नाफामुलकमात्र सावित भएन, चर्चाको निक्के उचाइमा पुर्‍याउने ठूलो सनसनी पनि भयो । उसले सेक्स र सुन्दरता दुवैलाई कलात्मक रुपमा प्रस्तुत गरेको थियो र फ्रान्सले लेखेको उक्त समाचारले युरोप लामो समयसम्म चर्चामय भयो ।
त्यसो त विश्वबजारमा कुख्यात पत्रिकाहरुले सेलिब्रिटीहरुको सेक्सस्क्याण्डल, रिलेशनसीपको बारेमा पनि लेख्ने गरेका छन् । बजारमा विक्रि हुने उक्त शैलीलाई अखबारले पछ्याउनुको पछाडीको कारण आफ्नो व्यापार नै हो ।
यो बाहेक विवाह नगरी एक्लै बसेका वा लामो समय विदेश रहेका कारण श्रीमतीबाट यौनसुख नपाएका पुरुषहरूलाई लक्षित गरेर निर्माण गरिएको सेक्स डलको सुविधामा वद्धि हुादै गएको छ । जापानले रबरको आकर्षक सेक्स डल निर्माण गरेपछि अमेरिकामा हालै सम्पन्न सेक्स एक्स्पोमा रोबोट सेक्स डल प्रस्तुत गरिएको थियो । पहिलो संस्करणको सेक्स डलले यौनसम्पर्कका बेला कुनै किसिमको प्रतिक्रिया देखाउादैनथ्यो । अमेरिकामा प्रदर्शन गरिएको रोक्सी सेक्स डलले केही संवाद बोल्नुका साथै यौनसम्पर्कका बेला प्रतिक्रियाहरू पनि जनाउने निर्माण कम्पनीले बताएको थियो । 
अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो सेक्स डलले बजार लिने देखिएपछि जापानको सेक्स डल निर्माण कम्पनीले कुमारी सेक्स डलको निर्माण गरेको छ । यौनसम्पर्कको बेला योनिबाट रगत आएको अनुभूति होस् भनेर कुमारी सेक्स डल निर्माण गरिएको हो । कुमारी सेक्स डलमा कृत्रिम पर्दा लगाइएपछि यौनसम्पर्कको बेला रगतजस्तो पदार्थ निस्कन्छ । अन्तराष्ट्रिय बजारमा आएको यो कुमारी सेक्स डल साढे २ किलो तौलको छ भने यसको बजार मूल्य ९६ अमेरिकी डलर छ । सेक्सको व्यापारीकरण बजारीकरणको यो नयाा तरिका थियो । कृतिम रुपमा पनि विश्वबजारमा सेक्सको व्यापार बढेको छ ।   
एसीयाका लागि प्रख्यात सेक्स टुरिजमको थलो बनेको छ, थाइल्याण्ड । नेपालदेखि पनि पर्यटकहरु प््रतिवर्ष थाइल्याण्ड जाने गरेका छन् । सेक्सको बजारले यतिधेरै आर्थिक बृद्धिदर दियो की चीन, भारत, नेपाल, पाकिस्तान, रुस, युरोपलगायतका देशका महिलाहरुपनि रोजगारीका लागि थाइल्याण्ड जान थाले । अहिलेपनि उक्त मुलुकमा निक्कै देशका युवतीहरुले रोजगार पाएका छन् र राम्रो आम्दानी गर्न सफल पनि भएका छन् । कानुनी मान्यता दिएर सरकारले सवैभन्दा ठूलो राजश्व पनि सेक्सबजारबाट नै लिने गरेको छ ।
यी सन्दर्भहरु नेपालको अहिलेको अवस्थासाग कति जायज हुन सक्छन्, कतिपय नहुन पनि सक्छन् । तर, सौन्दर्यबजारमा तिव्र रुपमा हुर्किरहेको नेपालका लागि यो अति उपयोगी नजिरका रुपमा सावित हुनसक्छ । राज्यको आम्दानीको स्रोत वा राज्यको आर्थिक व्यवस्था राजनीतिक परिवर्तनलेमात्र सम्भव हुादैन, त्यसको सहज व्यवस्थापन र त्यसमा पनि सवैभन्दा ठूलो पाटोमा रहेको विश्वबजारमा व्याप्त सेक्सबजार नै हो भन्ने ठाउा छ । 
वैज्ञापनिक दुनियाा, ग्ल्यामरसमा झुमेको विश्वसाग कसैको केही चल्दैन । मान्छे, खरिद गर्नसक्ने सुन्दरतालाई आफ्नो वागैचामा सजाउन चहान्छ । त्यसैले पनि बगैंचा लगाउनेहरुको घरअगाडी गुलाव फुल्नुलाई अचम्म मानिादैन । फूलहरुबीचमा किन गुलावको चर्चा हुन्छ ? सम्भवत: त्यो निक्कै सुन्दर हुन्छ र त्यसलाई फूलहरुको राजाका रुपमा परिभाषित गरिन्छ ।
नेपाली विज्ञापनबजारमा सौन्दयर्ताको विक्रि व्यापक छ । सायद दुनियााको बजारसाग निरन्तर प्रतिष्पर्धात्मक हुन नसक्ला तर केही हदसम्म भएपनि नेपाली बजारमा सौन्दर्यताको विक्रि बढेको अनुभुत हुन्छ । सौन्दर्यतासागै कानुनी अड्चनमा कायम राखेको सेक्सबजार पनि सानो छैन । बृहत सेक्सबजारका रुपमा रहेको नेपालमा अहिलेपनि सेक्स टुरिजमको राजनीतिक आवाज निरन्तर उठ्न थालेको छ । 
हो, नेपालको पहिलो उद्योग र निर्यात गर्नसक्ने उत्पादन उर्जाको विकास नै हो । तर, उर्जाको विकासमा राजनीतिक इच्छाशक्ति र मुलुकको लगानी व्यापक हुन नसक्दा उर्जामा निक्कै कमजोर बनेको छ नेपाल । तर, अर्को विशाल उद्योगका रुपमा परिचित बनेको छ, पर्यटन उद्योग । अहिलेपनि नेपालमा पर्यटन उद्योग निरन्तर चलायमान छ । र, पछिल्ला समयमा सेक्स पर्यटनको आवाज उठ्न थालेको छ । सौन्दर्य बजारको आकर्षण पनि सेक्ससागै जोडिएको हुन्छ तर त्यो पूर्ण होइन त्यसले अपिलको काम गर्छ । तर, पुरा सेक्सबजारको व्यवस्थापकीय जिम्मेवारी कानुनी आधारमा राज्यले गर्ने हो भने आम्दानीका प्रचुर सम्भावना देखिन्छन् ।
अत: मुलुकको अर्थतन्त्र बस्तुगत सामग्री र दैनिक उपभोग्य ठोस पदार्थमा मात्र सीमित छैन । मुलुकको अर्थतन्त्र धान्नसक्ने प्रचुर क्षमता अन्य क्षेत्रमा पनि छन् । अझ नेपालको तुलनामा पर्यटन प्रमुख हो भन्नेमा दुइमत छैन । पर्यटनभित्र पनि सेक्स पर्यटनले व्यापकता पाउनसक्नेमा दुइमत राख्न सकिन्न । विश्वबजारमा प्रकृतिको सुन्दरतासागै पर्यटनका विविध पाटामा हुने लगानीले अर्थतन्त्रको जग अझ बलियो बनाउने सवैले विश्लेषण गरेकै हुनुपर्छ । उत्तरआधुनिक शैलीमा ढल्किन थालेको नेपाली समाजमा आर्थिक पाटो पनि त्यहि समाजको गतिमा दौडाउन सके मुलुक कसो नबन्ला ? 

प्रतिक्रिया