Bisal Chautari Logo

प्रेम सम्बन्धपछी निश्चल र स्वस्तिमा बिहेको तयारीमा : परिवारमा चल्यो कुरा

- १७ भाद्र २०७२, बिहीबार १३:४८ मा प्रकाशित


Nischal Basnet and Swastima Khadka marriage
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १५ मंगलबार । नेपाली चलचित्र क्षेत्रमा ‘लुट’ जस्तो चर्चित सिनेमा निर्देशक गरेर एकाएक चर्चामा आएका निश्चल बस्नेत र मोड्लिङमा राम्रो पहिचान बनाएकी ‘होस्टेल रिटन्र्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच विहे गर्न परिवारबीच कुरा चलेको छ । स्रोतका अनुसार उनीहरु चाडै विहे बन्धनमा बााधिने तयारीमा छन् ।

Nischal Basnet and Swastima Khadka marriage
यसबारे उनीहरुले निकटवर्तीसग कुरा गर्दै विहेको कुरा भएको र परिवार सकारात्मक भएको जनाएका छन् । लभपछिको एरेञ्ज म्यारिज चाडै हुने जनाइएपनि मिति भने यकिन छैन । सम्भवत: यसैवर्ष भत्र उनीहरुबीच विहे हुने पहिलो पोष्ठ डटकमले समाचार सार्वजनिक गरेको छ ।
३४ वर्षे निश्चल र २० वर्षकी स्वस्तिमाबीच उमेरको अन्तर पनि छ । ‘परिवारबीच छलफल भएको छ र उनीहरु चाडै विहेमा बााधिने तयारीमा छन्’ निश्चल र स्वस्तिमा निकट स्रोतले भन्यो ।

प्रतिक्रिया