Bisal Chautari Logo

मल्लिका भन्छिन्–१० करोज डलर दिएपनि नग्न फोटो सुट गर्दिन

- ८ भाद्र २०७०, शनिबार ०५:०६ मा प्रकाशित


विशालसंग फन्नि संवाद
मल्लिका कार्कि (गायिका)

नेपालि साङ्गितिक क्षेत्र नरहने अवस्था आए कुन क्षेत्रमा संर्घश गर्ने ? 
…यहि त्यस्तो अवस्था आइहल्यो भने राम्रो ब्युटि पार्लर खोलेर बस्छु होला ।
एच.आई.भि एड्स रोकथामका लागि एम्वेस्डर बन्ने अफर आए के गर्नुहुन्छ ? 
एम्वेस्डर भन्ने बित्तिकै नबन्ने कुरा आउदैन बनिहालिन्छ नि । यहि मैले एच.आइ.भि एड्स रोकथामका लागि एम्वेस्डर बन्ने मौका पाए गाउँ–गाउँमा गएर जनचेतका कुराहरु गित संगित मार्फत फैल्याउथे ।
१० करोड पैसा दिएर नग्न फोटोसुटका लागि अफर गरे स्वीकार्नु हुन्छ ? 
मलाई १० करोड डलर दिएपनि नग्न फोटासुट गर्दिन । किनकि मलाई मेरो समाजले दिदैन मेरो मान मर्यादाले मान्दैन ।
शरिर मुनिका कुनै एक अंग हटाउनु पर्ने बाध्यता आईलागे चाहि के हटाउने ? 
यति सुन्दर मल्लिका कार्कि त्यसै मल्लिका भएको होइन । मेरो शरिरमा भएको सबै अंगहरु मिलेर सौन्दर्य भएकि हु र यि सबै आवश्यकिय छन् । तरपनि त्यस्तो हटाउनै पर्ने बाध्यता आएचाहि मेरो खुट्टाको कान्छि औंला अलि बाङ्गो छ त्यहि हटाइदिन्थे ।
जिस्म ३ बन्ने भयो र अभिनेत्रिका लागि अफर आए चलचित्र गर्नुहुन्छ के ? 
मलाई कुनै अभिनेत्रि भएर नाम र सन्नि लियोनका जस्तो नामपनि कमाउनु छैन । घुडा भन्दा माथि कपडा आयो भने आङ नै सिरिङ्ग हुन्छ । कसरी म विकिनि पहिरीन सक्छु ।
विश्वकै पुर्व होचा खगेन्द्र थापामगरले विबाहका लागि अफर गरे के गर्नुहुन्छ ? 
उहाले मलाई एक कन्र्सटमा पनि प्रपोज गर्नु भएका थियो । जोकको रुपमा लिए त्यसैगरि उहाको प्रपोजलाई जोकको रुपमा लिन्छु ।
तर थापाले मेरो प्रस्ताव स्वीकार्नु भएन भने आत्महत्या गर्छु भन्यो भने चाहि के गर्नुहुन्छ ? 
उफ् † जिवनमा कोहि–कसैका लागि मर्न सक्दैनन् । यहि त्यस्तो परिहाल्यो भनेपनि उहालाई नमर्न आग्रह गर्छु । जिवन आफ्नो लागि भनीदिन्छु ।
बिवाहपछि श्रीमाणले सेक्स सम्वन्ध राख्न मानेनन् भने के गर्नुहुन्छ ? 
के गर्नु र बिवाह गरिसकेपछि न त नैतित्ताले नै पोइला जान दिन्छ नत जिवन देखि हारेर मर्न नै सकिन्छ । चुप्प लागेर टाउकामा हात राखेर बस्थे ।

प्रतिक्रिया