Bisal Chautari Logo

हेमकुमार लावतीको ‘निभाउन नआउनु आगो’ विमोचित (फोटो फिचर सहित)

- १३ भाद्र २०७२, आईतवार १०:२५ मा प्रकाशित


Hem Kumar Lawati first albam
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १३ आइतबार । गीतकार हेमकुमार लावतीले पहिलो एल्बम सार्वजनिक गराएका छन् । लावतीको एल्बम ‘निभाउन नआउनु आगो’को विमोचन शनिबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले गरे । विमोचनमा काइलालाई भाषाविद् येहाङ लावतीले साथ दिएका थिए ।

Hem Kumar Lawati first albam
काम गर्न जादा बस र ट्रेनमा तथा थकानका बीचमा मोबाइलमै लेखिएका गीतहरु एल्बममा समावेश गरिएको गीतकार लावतीले बताए । पााचथरमा जन्मिएका झापाली लावती दुई दशकदेखि हङकङमा बसोबास गर्छन् । ‘नेपालको शीतल छहारीमा बस्नेहरुमात्र होइन हङकङका सुरुङहरुभित्र तातो हावामा बााच्ने नेपालीहरुले पनि गीत सिर्जना गर्छन्,’ गीतकार लावतीले भने, ‘म पनि हङकङमा बस्छु, मलाई पनि प्रवासी हुनुको पीडाले कहिलेकाहीा घोच्छ, त्यसैको परिणाम हुन् यी गीत ।’

Hem Kumar Lawati first albam (5)
लावतीका शब्दहरुमा एक किसिमको ताकत रहेको पूर्व कुलपति काइालाले बताए । ‘अहिलेको समयका चलेका गायकगायिकाहरुले उहााका गीत गाउनु नै उहााका गीतहरुको ताकतको प्रमाण हो,’ काइालाले थपे, ‘विदेशमा बस्दा आफ्ना गाउाघर र साथीभाइको सम्झना सबैलाई आउाछ, कतिले त्यो सम्झनालाई रक्सी खाएर मत्थर पार्छन् भने कतिले चाहिा गीत तथा साहित्यबाट पोख्छन्, हेमजीले सही बाटो रोज्नुभएको छ ।’

Hem Kumar Lawati first albam (1)
नेपाली भाषा र नेपाली समाजदेखि टाढा रहेर पनि नेपाली भाषामा गीत रचेकामा भाषाविद् येहाङले हेमको तारिफ गरे । उनले हेमलाई आगामी दिनमा आफ्नो मातृभाषामा पनि साहित्य सिर्जना गर्न सुझाव दिए ।
एल्बमको बजार व्यवस्थापक भाइब्स क्रियसनका परशुराम रिजालले ‘निभाउन नआउनु आगो’लाई युट्युबमार्फत् प्रवद्र्धन गरिने सुनाए । बजारको जिम्मेवारी आफूलाई दिएकोमा उनले रचनाकार लावतीप्रति आभार व्यक्त गरे ।

Hem Kumar Lawati first albam (4)
कार्यक्रममा एल्बमका ६ वटै गीतमा बनेका म्युजिक भिडियोहरु देखाइएको थियो । निरज लामा, दिनेश सुब्बा, राजशुक्र लिम्बु, अनुप सुब्बा र बिमला सेन्चुरी प्रधानका कम्पोज रहेको एल्बममा प्रमोद खरेल, बनिका प्रधान, स्वरुपराज आचार्य, अञ्जु पन्त, कुवेर राई र बिमला सेन्चुरी प्रधानले गाएका छन् । गीतकार लावतीका अनुसार एल्बमलाई छिट्टै डिभिडी एल्बमका रुपमा बजारमा पठाइने तयारी हुदैछ ।

Hem Kumar Lawati first albam (3)

Hem Kumar Lawati first albam (2)

Hem Kumar Lawati first albam (6)

प्रतिक्रिया