Bisal Chautari Logo

गीतकार संघ नेपालले खरेललाई ‘स्रष्टा सम्मान–२०७१’द्वारा सम्मानीत || वर्ष गीत ‘ए चन्द्रमुखी’

- १२ भाद्र २०७२, शनिबार १७:१५ मा प्रकाशित


lyricist association of nepal year song 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १२ शनिबार । चलचित्र लेखक एवं वरिष्ठ गीतकार यादव खरेल ‘स्रष्टा सम्मान–२०७१’द्वारा सम्मानीत भएका छन् । गीतकार संघ नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित ‘स्रष्टा सम्मान तथा वर्ष गीत पुरस्कार’ कार्यक्रममा खरेललाई १ लाख एक रुपैयासहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाओवादीका बरिष्ठ नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मान प्रदान गरेका थिए ।

lyricist association of nepal - yadav kharel
‘स्रष्टा सम्मान’बाट सम्मानीत भएपछि खरेलले स्रष्टाहरु अहिले जमिन्दारको कब्जामा रहेको बताए । उनले भने, ‘हामी अभिभावकविहिन बन्दैछौं । स्रष्टाले सिर्जनामा लगानी गरेर बजारमा जान नपाउादै जमिन्दारीले कब्जा जमाइरहेका छन् ।’
त्यस्तै यस वर्षको ‘वर्ष गीत पुरस्कार’ वसन्त थाम्सुहाङले पाएका छन् । ‘ए, चन्द्रमुखी’ गीतबाट ५१ हजार रुपैया राशीसहितको उत्कृष्ट गीतकारको पुरस्कार पाएका हुन् । सोही अवसरमा श्याम तमोटलाई ‘विशिष्ट सम्मान’ प्रदान गरिएको थियो । ‘गाउ गाउबाट उठ बस्ती बस्तीबाट उठ’जस्ता प्रगतिशील गीतका रचनाकार श्यामलाई गीतिलेखनबाट पुर्‍याएको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले बताए ।

lyricist association of nepal year song 2015 (4)

संघका उपध्यक्ष विपिन किरणले सञ्चालन गरेको कार्यक्रममा सबै संघसंस्थाको प्रतिनित्व गर्दै संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले बोलेका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राई, पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला, राजेश पायल राई, सत्यस्वरुपराज आचार्य, शान्तिराम राई, भिषण मुकारुङ लगायतको उपस्थिति थियो ।

lyricist association of nepal year song 2015 (2)

प्रतिक्रिया