Bisal Chautari Logo

‘टिन स्टार नेपाल–२०१५’ पहिलो अडिसनसंगै फोटोसुट सम्पन्न

- १२ भाद्र २०७२, शनिबार १६:३२ मा प्रकाशित


Teen Star Nepal 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १२ शनिबार । बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गराउनका लागी अध्ययनसंगै अन्य क्रियाकलापहरुपनि धेरै महत्वपुर्ण हुने गर्छ । अध्ययनसंगै बालबालिकाहरुमा भएको खास प्रतिभालाई कदर गराउन मर्निङ ग्लोरीले ‘टिन स्टार नेपाल–२०१५’ को आयोजना गरेको छ ।

Teen Star Nepal 2015
आज ललितपुर कुमारीपाटी ‘आइला लञ्च’मा ‘टिन स्टार नेपाल–२०१५’ को पहिलो अडिसनसंगै फोटोसुट पनि सम्पन्न भएको छ । पहिलो अडिसन र फोटोसुट सोचेको भन्दा बढी राम्रा बालबालिकाहरुको सहभागीता भएको आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बताइन् ।

Teen Star Nepal 2015 (1)
चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बाले गर्ने कोरियोग्रफी प्रतियोगीताका लागि कक्षा ७ देखि १२ सम्मका किशोरकिशोरीले भाग लिन पाउनेछन् । यो प्रतियोगीता पहिलोपटक हुन लागेको हो । यसअघि मर्निङ ग्लोरीको आयोजनामा लिटल च्याम्प, सुपर किड्सजस्ता प्रतिस्पर्धा सम्पन्न भइसकेको छन् । एसिस्नेट कोरियोग्राफीमा बिपास्ना क्षेत्री खनाल रहनेछिन् ।

Teen Star Nepal 2015 (6)
प्रतियोगीतामा मुख्य टाइटलहरु क्रमश: विनर ‘टिन स्टार नेपाल–२०१५’, फस्ट रनरअप, सेकेन्ट रनरअप र थर्ड रनरअप विधामा विजेता छनौट गरिनेछ । सब–टाइटलमा बेस्ट फोटोजेनिक, बेस्ट डिसिप्लेन, बेस्ट ड्रेस, मोस्ट एक्टिभ, बेस्ट हेयर, मोस्ट फ्रेण्डली, बेस्ट स्माइल, मोस्ट कन्फिडेन्ट, मोस्ट चार्मिङ लगायत विधामा ट्रफी दिइने आयोजकले बताएको छ । प्रतियोगीताको अफिसियल मिडिया पार्टनरमा विशाल चौतारी मिडिया प्राली (विशाल चौतारी डटकम) रहेको छ ।

Teen Star Nepal 2015 (7)

Teen Star Nepal 2015 (2)

Teen Star Nepal 2015 (5)

Teen Star Nepal 2015 (4)

प्रतिक्रिया