Bisal Chautari Logo

नविनको गीतमा विनोदको निराश रुप माटोमुनी (भिडियो सहित)

- ११ भाद्र २०७२, शुक्रबार १६:४८ मा प्रकाशित


Nabin K Bhattarai 37 Music Video ft. binod dhakal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र ११ शुक्रबार । गायक तथा र्‍यापर विनोद ढकाल गीत संगीतमा जति सक्रिय छन्, अभिनयमा पनि उनी नै पोख्त छन् । पहिलो एल्बम ‘डाउनलोड’ र दोस्रो एल्बम ‘होमवर्क’ श्रोतालाई दिईसकेका उनी पछिल्लो समयमा म्युजिक भिडियोमा पनि देखिने गर्दछन् । अहिले विनोद गायक नविन के भट्टराईको ‘३७’ नामक गीतको म्युजिक भिडियोका कारण चर्चामा छन् ।

Nabin K Bhattarai 37 Music Video ft. binod dhakal
प्राय म्युजिक भिडियोमा र्‍यापर वा रमाइलो पात्रमा प्रस्तुत हुने विनोद नविनको गीतमा गम्भीर भूमिकामा देखिन्छन् । भिडियोमा उनी कहिले अर्धनग्न त कहिले सेतो बस्त्रमा जंगलमा बाकसमा आफुले पाएका अवार्ड बोकेर हिाडिरहेका देखिन्छन् । ‘मान्छेले जति पैसा र सम्मान कमाए पनि ऊ जहिल्यै पनि सन्तुष्टिको सट्टा निराश नै हुन्छ, मान्छेले मरेर जाादा आफ्ना सम्पत्ति केही पनि लान सक्दैन भन्ने किसिमको अभिनय गरेको छु,’ विनोद भन्छन्,‘गीत जति गम्भीर किसिमको छ, त्यसको भावमा डुबेर अभिनय गर्नु उती नै गाह्रो हुादो रहेछ ।’
विशाल पौडेलको शब्द र संगीत रहेको गीत गायक नविनले ‘सेक्स डल’ व्याण्डका लागि गाएका हुन् । अनुप गिरीले सम्पादन र निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन छ ।
गीत लेख्न, संगीत भर्न र म्युजिक भिडियो निर्देशन गर्न पनि खप्पिस विनोदले यसअघि पेपर बोर्ड व्याण्डको ‘कायर लाछीहरु’ र फिल्म ‘कुण्ठा’को गीतमा फिचरिङ गरेका छन् । उनी हाल दोस्रो एल्बम ‘होमवर्क’को गीत ‘बाजेले गीतार बजाको, बजै नाच्न लजाको’को भिडियो छायांकनको तयारीमा छन् । उनका अनुसार रेगी शैलीको यो गीत विशेषत टिनेजर र बच्चा लक्षित छ ।

प्रतिक्रिया