Bisal Chautari Logo

बन्द हड्तालले पनि रोकेन ‘होस्टेल रिटर्न्स’लाई || ४ दिनमा १ करोड ३१ लाख ग्रस

- ८ भाद्र २०७२, मंगलवार १६:११ मा प्रकाशित


Hostel Returns movie business_ 4 Days 1 million 31 million gross
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र ८ मंगलबार । राम्रो सिनेमा बनाएपछी राम्रौ पब्लिसिटि गर्‍यो भने नेपाली चलचित्रलेपनि राम्रो ब्यापार गर्न सक्छ भन्ने प्रमाण चलचित्र ‘होस्टेल रिटर्न्स’ले सावित गरेको छ । बन्द र हड्तालका बाबजुद पनि चलचित्र ‘होस्टेल रिटर्न्स’ले राम्रो ब्यापार गरेको छ ।

Hostel Returns movie business_ 4 Days 1 million 31 million grossActors : Sushil Shrestha

चलचित्र निर्माण कम्पनी दुगिर्श फिल्मसका अनुसार चलचित्रले प्रदर्शनको चार दिनमा १ करोड ३१ लाख ग्रस कमाएको बताएको छ । सुरुआती दुई दिनमा १ करोड कमाएको सिनेमाले आइतबार र सोमबार बन्दको दिनमा समान १५–१५ लाख कमाएको निर्माता सुनिल रावलले बताए । बलियो ‘वर्ड अफ माउथ’का कारण दोहोराएर फिल्म हेर्ने दर्शक भेटिएका छन् । ‘बन्दका बाबजुद पनि चलचित्रले राम्रो गर्न सक्यो’ रावलले भने, ‘दर्शक बन्दले दिएको पीडालाई मनोरन्जनबाट भुलाउन हलमा आउन आतुर छन् ।’ ‘होस्टेल रिटर्न्स’ले अघिल्लो ‘होस्टेल’को कलेक्सनलाई तोड्ने अनुमान गरिएको छ ।

Hostel Returns movie business_ 4 Days 1 million 31 million gross (2)
चलचित्र ‘होस्टेल रिटर्न्स’ काठमाडौंबाहेक पोखरा, नारायणगढ, हेटौंडा लगायतका सहरमा समेत चलचित्रको ब्यापार राम्रो देखिएको छ ।

Hostel Returns || Nepali Movie
Director :Suraj Bhushal
Creative Producer: Durgish Thapa
Producer/Story : Sunil Rawal
Music & Lyrics : Swapnil Sharma
Actors : Sushil Shrestha, Sashi Shrestha,Swastima Khadka, Abhaya Baral, Naajir Husain etc…..
Screenplay & Dialogue : Suraj Bhushal, Santosh Lamsal
Choreographer : Govinda Rai, Suraj Bhusal
Action : Asta Maharjan
Cinematographer : Hari Humagain
Colorist : Rajendra Moktan
Editor : Dirgha Khadka
Hair Stylist : Sangita Karki
Make-up : Saroj Budhathoki
Art Director : Madhu Gewali
Background Score : Rohit Shakya, Shailesh
Sound Engineer : Uttam Neupane
Educational Partner : NEPAL EDU CENTER

प्रतिक्रिया