Bisal Chautari Logo

टिकापुरमा भिडन्त : एसएसपीसहित २४ जनाको मृत्यु पुग्यो (सम्वन्धित समाचार तथा फोटो सहित)

- ७ भाद्र २०७२, सोमबार १५:२४ मा प्रकाशित


Kailali tikapur clash: 24 police and protesters were killed, including the SSP reaches

विशाल चौतारी समाचार
टिकापुर, २०७२ भाद्र ७ सोमबार । कैलालीको टिकापुरमा सोमबार दिउासो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुदा प्रहरीका एक एसएसपीसहित कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । प्रदर्शनकारीतर्फ ३ जना मारिएको बताएपनि पुष्टि भइसकेको छैन ।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches (1)थरुहट र मधेसी दलका कार्यकर्ताबाट हत्या गरिएका प्रहरीको शव
टिकापुर नजिकैको मुनुवा गाविस ६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।
ज्यान गुमाउनेमा ११ जना सशस्त्र प्रहरी र १० जना जनपथ प्रहरी रहेका छन् । ज्यान गुमाउनेमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । घटनामा हवलदारहरु रामबिहारी चौधरी र ललित साउद तथा जवानहरु लोकन् चन्द र लक्षमण खड्काले पनि ज्यान गुमाएका छन् ।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches (5)टिकापुरमा थरुहट र मधेसी दलका कार्यकर्ताको आक्रमणमा मारिएका एसएसपी लक्षमण न्यौपाने (रातो घेरमा) । तस्बिर : शिवराज खत्री
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले अन्नपूर्ण पोस्ट्लाई बताए अनुसार भिडन्तमा ठूलो संख्यामा प्रहरीको हताहती भएको हो । प्रदर्शनकारीतर्फ तीनजना मारिएको बताए पनि एकिन भइसकेको छैन ।
थरुहट तथा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । समाचार अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउादै जलाएर हत्या गरेका छन् ।
स्थानीय प्रशासनले यो घटनाबारे विस्तृत विवरण दिएको छैन । टिकापुर बजार क्षेत्र र आसपासमा अहिले पनि थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भइरहेको छ ।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches (6)
प्रहरीले निषेधाज्ञा तोड्न आएका थरुहटका कार्यकर्ताले हतियारसहित आक्रमण गर्दा आफ्ना अधिकृतसहितका सुरक्षाकर्मी मारिएको जनाएको छ ।
घटनामा कम्तिमा पनि ५० जना प्रहरी घाइते भएका छन् । उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले जनाएअनुसार करिब ८ हजारको संख्यामा रहेका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि धावा बोलेका थिए । चारैतर्फबाट टिकापुरमा पसेका प्रदर्शनकारीले एकै पटक घेरेर आधुनिक हतियारको समेत प्रयोग गरी प्रहरीमाथि धावा बोलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।
स्थानीय प्रशासनले चार दिनदेखि लगाउादै आएको निषेधाज्ञा तोड्दै थरुहट र मधेसी दलका कार्यकर्ताले टिकापुरका सरकारी कार्यालय कब्जा गर्न खोजेका थिए ।
सरकारी कार्यालय कब्जा गर्न आएका उनीहरुलाई रोक्न खोज्ने प्रहरीले ज्यान गुमाएका हुन् । स्थानीय प्रशासनले बुधबार पनि बिहान ११ देखि सााज ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

आवश्यकता अनुसार सेना परिचालन गर्न सिडिओलाई अधिकार

टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।बैठकले सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches (4)
कैलालीको टिकापुरसहित तराईका केहि भागमा संघीयताका विषयलाई लिएर दंगा अनियन्त्रित हुन थालेपछि सरकारले आवश्यक परे स्थानीय जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नसक्ने आदेश दिएको छ । सोमबर बसेको सुरक्षापरिषदको आकस्मिक बैठकले स्थानीय प्रसासन ऐन अनुसार सरकारले प्रमुख जिल्ला अधिकारीलाई यस्तो आदेश दिएको हो। समस्या भएका क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरि सेना परिचालन गर्न सकिने बताएको हो।

संसदमा कैलाली घटनाबारे प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री सुशील कोइरालाले सोमबार संसदमा सम्बोधन गर्दै कैलालीको घटना बडो दु:खदायी भएको बताएका छन्।

Kailali tikapur clash 24 police and protesters were killed, including the SSP reaches (2)
‘मुलुकको शान्ति, स्थायीत्व र विकासको बाटोमा बढ्ने क्रममा मुलुकमा सदभाव खलबलिने, साम्प्रदायिकता खलबलीने कुरा गर्नु हुादैन,’ प्रधानमन्त्री कोइरालाले भने, ‘सबै दलका नेताको तर्फबाट हिजो मात्र मैले अपील गरेको थिएा। संविधान निर्माणको कुरामा कतिपयको असन्तुष्टि हुन सक्छन्। यो संविधान भनेको सबैको सम्झौता हो।’
आदीवासी, जनजाति, मुस्लीम, महिला पीछडीएका सबैका सबै कुरा अटाउन सक्दैन। अहिले जुन घटना घटिरहेका छन् त्यसमा म सबैमा विनम्र आग्रह गर्न चाहन्छु कि कैलालीको टिकापुर घटनाबारे अत्यन्त सम्बेदनशिल हुन र यस्ता घटना रोक्न सबैको प्रयास गर्नुपर्छ।
छिटो भन्दा छिटो संविधान बनाउने कुरामा विथोल्ने प्रयास भइरहेको पनि हुन सक्छ। नौ वर्ष लगाएर ६० वर्षदेखिको संविधान बनाउने कार्य पूरा हुादै छ। मलाई विस्वास छ आम जनताले यो संविधान छिटै आउनुपर्छ। यस घडीमा अत्यन्त संयम र धैर्यतासाथ आइपरेका समस्या सम्बोधन गनुपर्छ। सबै पार्टीसाग आग्रह गर्न चाहन्छु कि धैर्य कायम गरी सामाजिक सदभाव, जातिय सदभाव कायम गरी सबैलाई मिलाएर सबैका भावना, सबैका आवाजहरु एकैचोटी अटाउन सकिदैन। यति ठूलो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको दायित्व हो। सबैको संस्कृति, भाषाभेषभुसा संस्थागत गर्नुपर्छ।
यो संविधानसभाबाट जनतालाई संविधान दिदैछौं। हर मुलुकको संविधानमा फेरबल हुन्छ। र त्यो सम्भावना हुन्छ। यसैलाई अन्तिम हो भनि यस्ता गतिविधि गरेमा नेपाललाई कसैले पत्याउन सक्दैन।
मेरो मन्त्रालय अन्र्तगत उठेका विषयमा धेरै बोल्ने पक्षमा म छैन।

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।
सुरक्षा समितिको बैठकले कैलाली, रौतहट र सर्लाही जिल्लालाई संवेदनशील क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ ।
अनलाइनखबरसाग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने( संवेदनशील जिल्लाहरुमा अब सेना पनि सुरक्षा र सर्च अपरेसनमा खटिन्छ । उनले दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृहप्रशासन कटिवद्ध रहेको बताए ।

प्रतिक्रिया