Bisal Chautari Logo

गुण्डा नाइके कुमार ‘घैंटे’लाई लाइभ सुट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

- ३ भाद्र २०७२, बिहीबार १९:०३ मा प्रकाशित


don kumar ghaite (kumar shrestha) live encounter shot dead with mobile by his villager
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र ३ बिहिबार । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र प्रहरीबिच भएको लाइभ सुट गरेको भिडियो सार्वजनिक भएपछी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल युटुवमा प्रविन्दा काफ्ले (सोसियल एक्सपेरिमेन्टल)ले अपलोड गरेको भिडियोलाई –‘डन कुमार श्रेष्ठ, कुमार घैटेको लाइभ इन्काउन्टर सुट विथ मोवाइल वाई हिज भिलेजर’ शिर्षकमा अपलोड गरेका छन् । अपलोड भएको भिडियो अहिले फेसबुक, ट्विटरहरुमा धेरै सियर र ट्विट भइरहेको छ ।

don kumar ghaite (kumar shrestha) live encounter shot dead with mobile by his villager
गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । काठमाडौंको सामाखुसीमा विहीबार प्रहरीको गोली लागेर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समुहबीच केहीबेर भिडन्त भएको थियो । कुमारको घर पनि त्यहिा नै पर्दछ ।
सर्च अभियानमा रहेका प्रहरीहरुले सेतो स्कूटरमा रहेका उनलाई रोकेर सोधपुछ गरेका थिए । त्यहिक्रममा उनले पेस्तोल निकालेर प्रहरीलाई एक राउण्ड गोली हानेका थिए । त्यसपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । उनीमाथि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ ।

don kumar ghaite (kumar shrestha) live encounter shot dead with mobile by his villager (2)
प्रहरीको गोली लागेर घाइते भएका कुमार घैंटेका सहयोगी सुरेन महर्जन र राज महर्जनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । सामाखुसीमा महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्ऽ खनालले अनलाइनखबरसाग भने, ‘सर्चका क्रममा उसले फायर खोल्यो र ढुंगामुढा गरेपछि जवाफी कारवाही गरिएको हो ।’
ढुंगामुढा प्रहारबाट असईद्व बालकृष्ण सन्जेल र रन्जित लामा तथा प्रहरी जवान हेमन्त चौधरी घाइते भएका छन् । उनीहरुको बीर अस्पतालमा उपचार भैरहेको छ ।

don kumar ghaite (kumar shrestha) live encounter shot dead with mobile by his villager (1)
घटनास्थलबाट एकथान हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलमा रगतका टाटा छन् । घटनास्थललाई प्रहरीले रेखांकन गरेर नियन्त्रणमा लिएको छ ।
चन्दा असुली र आपराधिक घटनामा संलग्न कुमारलाई प्रहरीले मोष्टवान्टेडको सूचीमा राखेको थियो । उनी सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने लगायतका गतिविधिमा संलग्न भएको, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि पनि कुमारले बागबजारमा प्रहरीमाथि गोली हानेका थिए ।

प्रतिक्रिया