Bisal Chautari Logo

राजेश पायलले हङकङमा २१ औ पटक प्रस्तुती दिदा के भयो ? (फोटो फिचर सहित)

- १ भाद्र २०७२, मंगलवार ०८:२४ मा प्रकाशित


rajesh payal rai concert in hong kong 21 times
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १ मंगलबार । नेपाली साङ्गीतिक क्षेत्रका बहुचर्चित अनी व्यस्त गायक राजेश पायल राई साङ्गीतिक कन्र्सटका लागी विश्वका प्राय सबै देशहरु घुमिसकेका छन् । तर गायक राजेश पायल राईको सबैभन्दा बढी कन्र्सट भएको देश भने हङकङमा हो । हङकङमा उनले आफ्नो २१ औ प्रस्तुति दिएका छन् ।

rajesh payal rai concert in hong kong 21 times
गत आइतबार खोटाङ हलेसी साझमा गायक राजेश पायलले दमदार प्रस्तुति दिएका थिए । साथमा ज्योति थापा मगर, सैलेन्द्र सिम्खडा, महेश खड्का, सचिन राई, मेनुका राई र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति थियो । उक्त कार्यक्रमको प्रमुख आकर्षण राई इज किङ थिए । राईले उनको गीतको कार्यक्रमको थालनी राई भाषाबाट गरेका थिए ।

rajesh payal rai concert in hong kong 21 times (2)
समय अभावको कारणले उनको गीत सुन्न आउनेहरु केही निराश भएका थिए, भने गायक राजेश पायल राईलाईपनि गीत सुनाउने रहर पुगेको थिएन । त्यो देखेर दर्शकहरु पनि निराश भएका थिए । तर उनले फेरी पनि हङकङ आउने बाचा गर्दै अर्को कन्र्सटमा धेरै गीत गाउने भन्दै दर्सकहरुलाई रिझाएका थिए । नमरे बाचे अर्को चोटि हङकङ दर्शन नमस्ते भन्दै कार्यक्रमबाट बिदा लिएका थिए ।

rajesh payal rai concert in hong kong 21 times (1)
अत्यन्तमा कार्यक्रम सफल भएको आयोजक खोटोङ समाज हङकङका अध्यक्ष अधिराज (तेज प्रकाश) राईले बताए ।

तस्बिरहरु : Blackpig Hongkong

प्रतिक्रिया