Bisal Chautari Logo

कतारमा फेरी ‘रेशम फिलिली’ प्रदर्शन हुने

- ३२ श्रावण २०७२, सोमबार १५:२३ मा प्रकाशित


resham filili movie release in qatar
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन ३२ सोमबार । भाद्र ११ मा नेपालमा प्रदर्शन हुने फिल्म ‘रेशम फिलिली’ कतारमा पुन: प्रदर्शन हुने भएको छ । यस अघि जुलाई १७ तारिख प्रदर्शन गरिएको थियो ।

resham filili movie release in qatarकतारमा दर्शकहरुको बढ्दो मागलाई मध्यनजर गर्दै चलचित्र पुनस्प्रदर्शन गर्न लागिएको स्थानीय आयोजक निमा भुषालले बताए । चलचित्र यहि अगष्ट २१ तारिखका दिन ग्रान्ड मल स्थित एसियन टाउन सिनेमा हलमा विहान ११.०० र अपरान्ह्र २.०० बजे प्रदर्शन गरिने भएको छ ।
माधव वाग्ले द्धारा निर्मित यस चलचित्रमा प्रणव जोशिको लेखन तथा निर्देशन रहेको छ भने फिल्म भिमसेन पिक्चर्स र प्रिन्सेस मुभिजको संयुक्त व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा विनय श्रेष्ठ, कर्मा, कामेश्वर चौरसिया र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया