Bisal Chautari Logo

गायिका ममता राई अब शेर्पेनी बनिन्

- ३२ श्रावण २०७२, सोमबार १४:२८ मा प्रकाशित


mamata rai became the sherpa
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन ३२ सोमबार । गायिका ममता राई अब शेर्पेनी बनेकी छिन् । गायिका ममता शेर्पेनी म्युजिक भिडियोमा बनेकी हुन् । गायिका ममता राई शनिबार चोभारको डााडामा ‘टुनामुना’को तालमा नाचिरहेकी भेटिइन् । बालकृष्ण पुनको टुनामुनामा परेकी ममता शेर्पेनी पहिरनमा निकै चुलबुले देखेकी थिइन् । ममता र बालकृष्णको मायावी ताललाई क्यामेरामा कैद गरिरहेका थिए, फोटोपत्रकार तथा छायांकार नविन गुरुङ ।

mamata rai became the sherpa (1)
यो प्रशंग ममताको गीति एल्बममा समेटिएको ‘टुनामुना’ गीतको म्युजिक भिडियो छायांकनको हो । चुलबुले केटीको प्रेमकथालाई म्युजिक भिडियोमा उतारिएको थियो, जसमा गायिका ममताले नै चुलबुले केटीको भूमिका गरेकी छन् । यस म्युजिक भिडियोलाई गोबिन्द गुर्माचनले निर्देशन गरेका हुन् । बिनोद खम्बुको संगीत र उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट रहेको लोक पपगीत शैलीको यस गीतको भिडियोमा गायिका ममता र बालकृष्णका अलावा सृजन गुर्माचन र बिचना राईले पनि अभिनय गरेका छन् । यो म्युजिक भिडियो चााडै दर्शकरश्रोतामाझ आउने ममताले बताइन् ।

प्रतिक्रिया