Bisal Chautari Logo

बाघ संरक्षणमा बाघप्रेमि मोडलहरु नंगै

- १० भाद्र २०७०, सोमबार ११:५१ मा प्रकाशित


बेलायतको राजधानी लन्डनस्थित जेडएसएल चिडियाखानामा बाघप्रेमी मोडलहरु नांगै भए । सयौँ बाघप्रेमीले जुत्तामात्रै लगाएर नांगो जुलुस गरी सर्वसाधारणबाट सहयोग संकलन गरे । केही बाघप्रेमीले शरीरमा बाघका छालाजस्तो देखिने रङ दलेका थिए । 
जुत्ता, बाघको नक्कली कान र मास्क मात्र लगाएका उनीहरु करिब तीन सय किलोमिटर नांगै दौडिएका थिए । उनीहरुको चतिर्कला चिडियाखाना घुम्न आउने मानिस र त्यहाँभित्रका जनावरले निकै अचम्म मानेर हेरेका थिए । नांगै कुदेर उनीहरुले ६० हजार पाउन्ड स्टलिर्ङ रकम संकलन गरेका छन् । यसलाई बाघ संरक्षण गर्ने कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । नांगो दौडमा सरिक ३४ वर्षीय रिक कोल्स र केन्टले दौड सारै रोमाञ्चक भएको बताए । सुरुमा नांगै कुद्न संकोच लागेको थियो तर, वरिपरिका सबै मान्छे मजस्तै नांगै देखेपछि सबै लाज हट्यो । यसो गर्दा बाघ संरक्षणमा सघाउ पुग्छ  भने केको आपत्ति भन्ने लाग्यो, उनले बताए । एजेन्सि image : AFP

प्रतिक्रिया