Bisal Chautari Logo

मिलनको सिनेमामा दयाहाङ, अर्पण र अनुप मध्ये को बन्दैछन्, ‘वीर विक्रम’ ?

- २९ श्रावण २०७२, शुक्रबार १५:१४ मा प्रकाशित


Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २९ शुक्रबार । नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल निर्देशक मिलन चाम्सले निर्देशन गर्ने रोमान्टिक र सोसल ड्रामा चलचित्र ‘वीर विक्रम’ भदौ १ गतेदेखि छायांकन हुने भएको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टले शुक्रबार राजधानीको मण्डला थिएटरमा गरिएको प्रेसमिटमा यसबारे जानकारी दिएको हो ।

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (7)
२०७३ बैशाखमा नेपाल र अप्रिल ९ मा बेलायतमा सिनेमा रिलिज हुने घोषणा समेत गरियो । मिलन चाम्सले निर्माण र निर्देशन गर्ने चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दीया पुन, विवेक लिम्बु, बसन्त भट्ट र शिशिर राणाको अभिनय हुनेछ ।
प्रेसमिट समारोहमा बोल्दै निर्देशक चाम्सले भने, ‘चलचित्रलाई हामी अन्तराष्ट्रिय लेभलमा बनाउछौं र दर्शकले विशुद्ध नेपाली कथामा फिल्म हेर्न पाउनुहुनेछ ।’ थप्दै भने, चलचित्र चलचित्रजस्तो हुनुपर्छ भन्ने मान्यतालाई पनि जोड दिए । निर्माता समेत रहेका चाम्सले भने, ‘यो नेपाली फिल्मका लागि कोशेढुंगा हुनेछ ।

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (5)
कलाकार सबैले आफ्नो पात्रबारे बोले । एक्सन, कमेडी र ड्रामा जानराको सिनेमामा अनिल राई, पृथ्वीराज राई, शिवप्रसाद राई र भेनिसरा राई सह निर्माता छन् । याम थापाको पटकथा र रामकुमार केसीको क्यामेरा छ । जिरी, रामेछाप र काठमाडौंमा फिल्मांकन हुने प्रोजेक्टपछि मिलन निकेश लिम्बुले निर्माण गर्ने नयाा फिल्ममा व्यस्त हुने भएका छन् । मोडल समेत रहेकी दीया चलचित्रकी मुख्य पात्र हुन् । लन्डनमा बसोबास गर्ने दीया नेपाल आउदैछिन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

milan chams Bir Bikram movie

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (6)

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (4)

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (1)

Dayahang Rai Anup Bikram Shahi and Arpan Thapa One of become Bir Bikram (8)

dayahang rai

प्रतिक्रिया