Bisal Chautari Logo

७ वर्षिया नानीले ‘ड्याड्डी आइ लव यु’ भन्दै गीत गाएपछी… (भिडियो सहित)

- २५ श्रावण २०७२, सोमबार १५:३६ मा प्रकाशित


Daddy I Love You Rajendra Rai and Anjila Rai New Nepali Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २५ सोमबार । संसारमा माया धेरै किसिमको हुन्छन् । धेरै जसो मायाको चर्चा विश्वमा दुई जोडीको माया पिरतीकै हुने गरेको छ । अनी संगीतको कुरा गर्दापनि दुई प्रेमी प्रेमिकाकै गीतहरु बन्ने गरेका छन् । तर धेरै कम मात्रमा बन्ने गर्छ बाबा छोरीको मायाको गीतहरु । यस्तै बाबा छोरीको मायालाई समेटेर बनाइएको एक गीत सार्वजनिक भएको छ ।

Daddy I Love You Rajendra Rai and Anjila Rai New Nepali Song
सार्वजनिक भएको गीतमा बाबा र छोरीमा हुने सच्चा प्रेमको कथालाई उतारेका छन्, निर्देशक नितिन चन्दले । गायक राजेन्द्र राई र उनको छोरी एन्जिला राईले गाएको गीतमा वास्तविक बाबा छोरीको प्रेम देख्न सकिन्छ ।
‘ड्याड्डी आइ लव यु’ बोलको गीतमा नमित ठकुरी, एन्जल र अस्मिको अभिनय देख्न सकिन्छ । ‘कही कतै’ एल्बममा समेटिकएको गीतको शब्द संगीत गायक स्वयम राजेन्द्रको रहेको छ । यस गीतको एरेञ्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोमा निर्देशक नितिन लगायतले खिचेकापनि हुन् ।

https://youtu.be/2YlxhD56UDk?t=36

Daddy I Love you…
Album: Kahi Katai
Singers: Rajendra Rai / Anjila Rai
Music/Lyrics: Rajendra Rai
Music Arranger: Phanindra Rai
Actors: Namit Thakuri / Angel & Asmi
Camera: Nitin / Rajex / Anish / nabin
VFX: Binam Karmacharya
Direction : Nitin Chand
Video Made by:
www.urstyle.com.np

प्रतिक्रिया