Bisal Chautari Logo

पासाङ्ग डोल्मा बनिन्, मिसेस नेपाल आईकन २०१५

- २४ श्रावण २०७२, आईतवार ०६:०३ मा प्रकाशित


Mrs. Nepal Icon 2015 winner dolma chapagain
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २४ आइतबार । अविबाहित सुन्दरीहरुबिच मात्र सौन्दर्य स्पर्धा भईरहेका बेला अल नेपाल पब्लिकेशनले राजधानीमा आयोजना गरेको विवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगितामा पासाङ्ग डोल्मा चापागाई मिसेस नेपाल आईकन २०१५ घोषित भएकी छिन्।

Mrs. Nepal Icon 2015 winner dolma chapagain

चर्चित फोटोग्राफर राजभाई सुवाल, गायक सिताराम पोखरेल, गोपीकृष्ण टिभी फिल्मीकी अध्यक्ष निकीता पौडेल, सञ्चारकर्मी सुमित राणा, अधिवक्ता प्रविन पण्डक र मोडल निलम चन्दको निर्णायक मण्डलले ढल्पा किर्तिपुर ५ की पासाङ्गलाई मिसेस नेपाल आईकन २०१५ का साथमा बेष्ट स्पिचको उप उपाधि विजेता घोषणा गरेको थियो। पासाङ्ग पुस्तक पढ्न र कविता लेख्न रुचाउाछिन्। ट्याग नम्बर १ का रुपमा स्पर्धामा भिडी प्रमूख उपाधि चुमेकी उनी सफल शिक्षीका र नारी बन्न चाहन्छिन्। साथमा केही नभएको बेला राख्ने धैर्य र सबै कुरा भएको बेला मानिसले देखाउने ब्यबहारले नै उसको परिचय दिलाउने मान्यता उनको छ।
जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका बिच सम्पन्न प्रतियोगितामा बालुवाटार काठमाडौंकी शान्ता लामा फष्ट रनर्सअपका साथ मष्ट पपुलर र भ्युअर्स च्वाईस, सीतापाइला काठमाडौंकी सुजाता काफ्ले शाह सेकेन्ड रनर्सअपसागै सोसली रेस्पोन्सिवल र फेसबुक च्वाईस अवार्ड, गोंगबु ५ काठमाडौंकी सुनीता हमाल थापा थर्ड रनर्सअपका साथ बेष्ट आर्टवर्क तथा धुम्बाराही काठमाडौंकी प्रकृति कोइराला पोखरेल फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटीको विजेता घोषित भए।
अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न प्रतियोगितामा सुनिता रौनियार वेष्ट हेयर, विद्यालक्ष्मी महर्जन र जेनिसा सापकोटा थापा मेनेजमेन्ट च्वाईस अवार्ड, कल्पना गिरी मष्ट फोटोजेनिक, प्रसन्ना श्रेष्ठ मष्ट इन्टेलेक्चुअल, रोजी खनाल मष्ट पर्फेक्ट, रुपा चापागाई मष्ट डिसिप्लेन, मन्जु कार्की (पाण्डे) बेष्ट स्माईल र मष्ट कन्फीडेन्ट अवार्ड, टिना महर्जन मष्ट एक्टीभ, प्रमिला भट्टराई धमला मिसेस कन्जीनालिटी, स्मृती राई मिसेस क्याटवक, सिल्पा श्रेष्ठ बेष्ट स्किन, चन्द्रा लिम्बु मष्ट फ्रेन्डली, क्षितिजा श्रेष्ठ बेष्ट फिट्नेस, स्मृता कार्की मष्ट ब्युटिफूल, अनिमा ढुागाना मिसेस फेसन आईकन, सिम्रन आचार्य मष्ट पोजिटीभ एटीटिच्युड, उज्जला थापा बेष्ट फिजिक, प्रमिला चण्डि श्रेष्ठ ब्युटी वीथ प्रपोज, वर्षा शर्मा कार्की मष्ट व्युटीफुल आइज, सम्झना खड्का मष्ट क्रियटिभ, सुष्मा पाण्डे शाही मष्ट ट्यालेन्ट, प्रबिना शर्मा मष्ट डिजर्भिङ्ग, अन्जु राई राना (मगर) मष्ट पङ्गच्युल, अनु खड्का बस्नेत मष्ट चार्मिङ्ग, शर्मिला श्रेष्ठ सोसल वेलफयर एम्बेसडर र प्रमिला केसी ब्युटी वीथ रेसपोन्सिविलिटीका विजेता भएका थिए।
कार्यक्रमलाई मनोरञ्जक बनाउन विभिन्न कलाकारले आफ्ना प्रस्तुति पस्केका थिए।

प्रतिक्रिया