Bisal Chautari Logo

मंगल ग्रहमा वैज्ञानिकहरुले गंगटो र महिला भेटिएको दाबी गरेपछी

- २३ श्रावण २०७२, शनिबार १०:०६ मा प्रकाशित


woman-like figure captured on Mars by NASA’s Curiosity rover
फोटो : एजेन्सी
२०७२ साउन २३ शनिबार ।
एजेन्सी : केही दिनयता सामाजिक सञ्जलामा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सार्वजनिक गरेका तस्बिरले फरक रुपमा चर्चा बटुलिरहेका छन् । नासाले अन्तरिक्षबाट खिचेका तस्बिरको अध्ययन गरेर केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला र गंगटो भेटिएको दाबी गरेपछि ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।

woman-like figure captured on Mars by NASA’s Curiosity rover
लामो समय अध्ययन गरेर वैज्ञानिकहरुले मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने बताएपनि अहिलेसम्म जीवित प्राणी फेला पार्न सकेका थिएनन् ।
केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला र गंगटो भेटिएको दाबी गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता पनि विश्वस्त हुन पुगेका छन् । वैज्ञानिकहरुले मंगल ग्रहमा महिला शुक्र ग्रहबाट आएको दाबी गरेका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुई तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भइरहेका छन् । तिनै तस्बिरका आधारमा मंगल ग्रहमा मानिस र गंगटो रहेको अनुमानमाथि बहस शुरु भएको हो ।

woman-like figure captured on Mars by NASA’s Curiosity rover (2)यो तस्बिरलाई ठूलो बनाएर हेर्न यहा क्लिक गर्नुहोस्
पहिलो तस्बिरमा मंगल ग्रहको चट्टानमा गंगटोको आकारको एउटा आकृति देख्न सकिन्छ । यही तस्बिरका आधारमा सामाजिक सञ्जालका प्रयोगकर्ताले मंगल ग्रहमा पशु जीवन भेटिएको खबर फैल्याएका थिए ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले मंगल ग्रहको सतहको अर्को तस्बिरमा गंगटो भेटिएको भन्दा चाखलाग्दो तथ्य भेट्टाएका छन् । त्यो तस्बिरमा प्रष्टसाग मंगल ग्रहको सतहमा महिला उभिएको देखिएको जनाएका छन् ।
जसलाई अन्य केही मानिसले भने महिलाको भुतको रुपमा पनि ब्याख्या गर्न भ्याए । सामाजिक सञ्जालका प्रयोगकर्ता र केही वैज्ञानिकले ती महिलाको छाती र पाखुरासमेत प्रष्टसाग देखिएको बताएका छन् ।

woman-like figure captured on Mars by NASA’s Curiosity rover (1)यो तस्बिरलाई ठूलो बनाएर हेर्न यहा क्लिक गर्नुहोस्
नासाले भने अहिलेसम्म यी तस्बिरमा देखिएका आकृतिबारे मुख खोलेको छैन । सामाजिक सञ्जालमा यी तस्बिरबारे विभिन्न अड्कलबाजी भइरहादा नासाको तर्फबाट आधिकारिक पुग्टि भएपछिमात्रै यी आकृतिको सत्यता पत्ता लाग्नेछ ।

प्रतिक्रिया