Bisal Chautari Logo

दयाहाङ, ‘माग्ने’ र दिपकले प्रियंका, दिपाश्री र रञ्जीतालाई ‘सुर्के थैली’ सोधेपछी (भिडियो)

- २२ श्रावण २०७२, शुक्रबार १८:१६ मा प्रकाशित


SURKE THAILI KHAI Woda Number 6 movie song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २२ शुक्रबार । असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’ को नयाा गीतको भिडियो सार्वजनिक भएको छ । ‘सुर्के थैली खै’ बोलको गीतमा तन्नेरी देखिएका ‘माग्ने बुढा’सँग ठुम्का लगाउदा चलचित्रकी निर्मात्री तथा नायिका दिपाश्री निरौला पनि निकै हट एण्ड सेक्सी देखिएकी छिन् । त्यस्तै, चलचित्रका अभिनेता दयाहाङ्ग राईपनि र रञ्जीता गुरुङलाई सुर्के थैली सोधिरहेका छन्, । उता चलचित्रका निर्माता समेत रहेका दिपकराज गिरी भने अभिनेत्री प्रियंका कार्कीलाई फकाउन ब्यस्त देखिन्छन् ।SURKE THAILI KHAI Woda Number 6 movie song
‘टिपिकल’ नेपाली शैलीको यस गीतमा अञ्जु पन्त, राजनराज शिवाकोटी, राजु विश्वकर्माको स्वर रहेको छ । यस गीतको कोरियोग्राफी शंकर विसीले गरेका हुन् । केही दिन अघि सार्वजनिक गरिएको ‘वाईयात छ तिम्रो लभ स्टोरी’ बोलको गीतले बजार तताईरहेको बेला सार्वजनिक गरिएको यस गीतले पनि दर्शकको मन जित्नेमा विश्वस्त रहेको निर्मात्री तथा चलचित्रकी नायिका दिपाश्री निरौलाले प्रतिक्रिया दिईन । चलचित्र ‘वडा नम्बर ६’ लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Movie: Woda Number 6
Song: SURKE THAILI KHAI
Singer: Rajan Raj Siwakoti, Anju Panta, Raju Biswokarma
Lyrics: Rajan Raj Siwakoti
Music: Rajan Raj Siwakoti
Actors: Deepak Raj Giri, Priyanka Karki, Jitu Nepal, Kedar Ghimire, Sitaram Kattel, Dahyang Rai, Wilson Bikram Rai, Dipa Shree Niraula, Shivahari Poudel, Kishwor Khatiwoda……
Choreographer: Shankar B.C
Editor: Gautam Raj Khadka
Cameramen: Deepak Bajracharya, Maan Krishna Shrestha
Executive Producer: Nirmal Sharma
Producer: Aama Saraswoti Gita Devi Films
Director: Ujwal Ghimire
To Download This Song :
Ncell : 60211731 UTL: 77814173 SMART:

प्रतिक्रिया