Bisal Chautari Logo

विश्वमा सेलिव्रेटिको कमाई कति ? मडोना १२५ मिलियन सहित पहिलो

- ११ भाद्र २०७०, मंगलवार १६:४१ मा प्रकाशित


विश्वमा सेलिव्रेटिहरु मध्ये पपस्टार गायिका मडोनाको सबैभन्दा बढि रहेको छ । वितेको बर्ष पपस्टार मडोनाले सबैभन्दा धेरै कमाइ गरेकी छन् । फोव्र्स पत्रिकाका अनुसार उनको कमाइ १२५ मिलियन डलर (करिव १२ अर्व ७५ करोड नेपाली रुपैयाँ) रहेको छ । पत्रिकाका अनुसार ५५ बर्षे यि पपस्टर गायिकाले सन् १९९९ यताका बर्षहरुमा एकै बर्ष यतिधेरै पैसा कमाएको पहिलो हो । 

त्यस्तै विश्वमा दोस्रो धनि कलाकारहुन फिल्म निर्देशक स्टेभन स्पील्वर्ग । उनले बितेको बर्ष एक सय मिलियन डलर (करिव १० अर्व २० करोड रुपैयाँ) कमाएका छन् । उनको धेरै जासो कमाइ इएल र जारासिक पार्कको थ्रीडीका साथसाथै लिन्कोल्नबाट भएको हो । त्यस्तै तेस्रो स्थानमा ५० स्याडोज् अफ ग्रेका लेखाकहरु इएल जेम्स, सिमोन कोवेल र होवार्ड स्टर्न छन् । उनीहरुले ९५ मिलियन डलर कमाए । त्यसपछि थ्रीलर लेखक जेम्स पटर्सन (९१ मिलियन डलर) र टीभी तथा रेडियो प्रस्तोता ग्लेन बेक (९० मिलियन डलर) छन् । 
त्यस्तै अर्की पपस्टार गायिका लेडी गागा भने दशौं नम्बरमा परेकी छन् । वितेको बर्ष लेडी गागाले ८० मिलियन डलर कमाएकी थिइन् । उनी भन्दा अगाडी निर्देशक माइकल वे (८२ मिलियन डलर) र निर्माता जेरी ब्रुखइर (८० मिलियन डलर) रहेका छन् । एजेन्सिको सहयोगमा

प्रतिक्रिया