Bisal Chautari Logo

ओएनएफ बुसान अधिबेशनबाट सन्जिब राईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

- २२ श्रावण २०७२, शुक्रबार १६:१४ मा प्रकाशित


Sanjiv Rai ONF chairperson
विशाल चौतारी समाचार
कोरिया, २०७२ साउन २२ शुक्रबार । प्रबासी नेपाली मन्च बुसान क्षेत्रीय कमिटीको यहि अगष्ट १ र २ मा सम्पन तेस्रो अधिबेशनबाट सन्जिब राईको अध्यक्षतामा १५ सदस्यिय सर्बसम्मत नया नेतृत्व चयन भएको छ । पुर्बान्चलको उदयपुरमा स्थायी घर भएका नब निर्वाचित इल बुसानका अध्यक्ष राई काठमाडौको अमृत साइन्स क्याम्पसबाट अनेरास्वबियु मार्फत सकृय राजनितिमा लागेका हुन् ।

Sanjiv Rai ONF chairperson
बुसान कमिटिका उपाध्यक्षहरुमा रामचन्द्र कडेल र चन्द्रिका महतो, सचिब मिन राज पोखरेल, सहसचिब सागर बिष्ट, कोषाध्यक्ष मोहन बिक्रम नेम्बाङ चयन भएका छन् । सदस्यहरुमा दिपेन्द्र अधिकारी, अजय त्रिपाठि, नबिन राई, हरि अर्याल, ध्रुब गौतम, कृष्ण खनाल र धुर्ब बिष्ट रहेका छन् । नब निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी गाउालेले पद तथा गोपनियताको सपथ खुवाएका थिए । निबर्तमान अध्यक्ष धुर्ब पौडेलको सभापतित्वमा समपन्न सो अधिबेशनमा समाज सेवि धर्मेन्द्र कुमार साही, ओएन एफ ओइजम्बु र गजेदो कमिटीबाट पनि क्रमश टेक पुन र दिपक चापागाईको उपस्थिती रहेका थियो ।
केन्द्रिय अध्यक्ष गोबिन्द गाउलेले उदघाटन गरेको अधिबेशनमा केन्द्रबाट उपाध्यक्ष सुरेन्द्र आचार्य, सह सहिब शिबलाल पन्थी , कोषाध्यक्ष पर्सुराम सापकोटा केन्द्रिय सदस्य कमल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
निबर्तमान अध्यक्ष धुर्ब पौडेलको कमिटिलाई सफल कार्यकाल सम्पन्न गरेकोमा सबैले धन्यबाद दिएका थिए । ओएनएफले कोरियाका अन्य क्षेत्रमा पनि सङगठन बिस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया