Bisal Chautari Logo

निष्कर्ष विहीन संघिय समाजबादि पार्टि संगको वार्ता

- ११ भाद्र २०७०, मंगलवार १७:०९ मा प्रकाशित


११ भाद्र, काठमाडौ ।
उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टी नेपालबीच आज भाद्र ११ गते बसेको वार्ता विना निष्कर्ष टुंगिएको छ । समितिको नयाँ बानेश्वरस्थित कार्यालयमा मंगलबार बसेको बैठकमा समाजवादीले राखेको मागका सम्बन्धमा कुनै प्रगति नभएपछि वार्ता निष्कर्ष विहीन भएको हो ।
गत चारवटा बैठकमा जे भयो स्थिति जहाँको त्यहीं छ, वार्तास्थलबाट बाहिरिएपछि संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने, उच्चस्तरीय समितिले हाम्रो पाँचबुँदे मागप्रति कुनै तयारी नगरी बोलाएको पाएपछि हामी बाहिरियौं । उक्त समितिले वार्तामा बोलाएको पाँचौं पटक हो । पार्टीले २५ बुँदे आदेश र ११ बुँदे सहमतिको खारेजी, उच्चस्तरी राजनीतिक समिति भंग गरी सर्वदलीय सम्मेलन निर्माण, संविधानसभाको सिट संख्या ६०१ यथावत हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्नेलगायतका माग राख्दै आएको छ । हामीले हाम्रा मागप्रति पटक पटक ध्यानाकर्षण गरायौं,’ वार्तापछि पार्टीका उपाध्यक्ष हेमराज राईले भने, ‘तर, कुनै तयारी नगरी हामीलाई बोलाएर समय खेरफाल्ने काम गरे । हाम्रा माग सम्बोधन कसरी गर्छन् त्यसपछिमात्र थप धारणा पार्टीले बनाउनेछ ।”
वार्तामा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, उपाध्यक्षहरु दुर्गामणि देवान, प्रेमकृष्ण पाठक, मुहम्मद रिजवान अन्सारी, हेमराज राई र महासचिव श्रेष्ठ सहभागी थिए ।
समितिको तर्फबाट संयोजक तथा कांग्रस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, एमालेका रघुजी पन्त र अग्नि खरेल, फोरमका भरतविमल यादव सहभागी थिए । साभार कान्तिपुर

प्रतिक्रिया