Bisal Chautari Logo

अनमोल केसीले भने – ‘म होस्टेल रिटर्न्स’मा छैन, तर धेरै शुभकामना छ’

- २१ श्रावण २०७२, बिहीबार १५:४६ मा प्रकाशित


Anmol K.C. Hostel Returns in is not
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २१ बिहिबार । चलचित्र ‘होस्टेल रिटन्र्स’का अभिनेता सुशिल श्रेष्ठलाई भट्ट हेर्दा लाग्छ, अभिनेता अनमोल केसी । त्यही भएरपनि अभिनेता केसीले चलचित्र ‘होस्टेल रिटर्न्स’मा नभएपनि उनका फ्यानले धेरै नै जिज्ञासा राखेपछि उनले स्पष्टिकरण दिएका छन् ।

Anmol K.C. Hostel Returns in is not
अभिनेता अनमोलले भने ‘धेरै मेरा फ्यान म ‘होस्टेल रिटर्न्स’मा छु भन्ने भ्रममा हुनुहुन्छ । उहाहरुलाई म स्पष्ट पार्न चाहन्छु कि म चलचित्रमा छैन । तर, यो चलचित्रका लागि मेरो शुभकामना धेरै छ ।’
उनले आफ्नो नया प्रोजेक्ट चलचित्र ‘ड्रिम्स’ मात्र भएको स्पष्ट पारेका छन् । चलचित्र ‘होस्टेल रिटन्र्स’का अभिनेता सुशिल श्रेष्ठ झट्ट हेर्दा आफू जस्तै देखिनुले पनि फ्यानहरुमा आफू रहेको पर्न गएको अनमोलले अनलाइनखबर डटकमलाई बताएका छन् ।
उनले केही समय अगाडि सार्वजनिक भएको ‘होस्टेल रिटर्न्स’लाई अनमोलको साथ भन्ने समाचारका बारेमा पनि अनलाइनखबरलाई स्पष्टिकरण दिएका छन् । उनले चलचित्रलाई आफूले साथ दिन भन्दा पनि निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’का लागि कुरा गर्न बोलाएकाले गएको बताए । अनमोलले दोर्होयाउदै भने ‘म ‘होस्टेल रिटर्न्स’मा छैन, यसैले नझुक्किन दर्शक र मेरा फ्यानलाई आग्रह गर्छु ।’

प्रतिक्रिया