Bisal Chautari Logo

आज बाट आर्यन सिग्देल कति वर्ष पुगे ? (ह्याप्पि वर्थ डे आर्यन)

- २० श्रावण २०७२, बुधबार ०६:४३ मा प्रकाशित


aaryan sigdel birthday
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २० बुधबार । नेपाली चलचित्र क्षेत्रमा चकलेटी उपनामले परिचित अभिनेता आर्यन सिग्देलको आज जन्मदिन हो । अभिनेता सिग्देल कति वर्ष पुगे होलान् ? विकिपिडियामा उल्लेख भए अनुसार अभिनेता आर्यन अगस्ट ५ देखि एकतिस पार गरेर ३२ वर्षमा लागेका छन् ।

aaryan sigdel birthday
चलचित्र ‘किस्मत’ डेव्यु आर्यनले अहिले सम्म आइपुग्दा धेरै सफल अनी हिट सिनेमा दिइसकेका छन् । गएको दुई वर्ष अगाडी प्रेमिका सपना भण्डारीसँग बिवाह गरेका उनी दर्शक श्रोताहरुमाझ अझ बढी लोकप्रिय हुदै गइरहेका छन् । चलचित्र ‘किस्मत’ सहित ‘हिफाजत’, ‘फस्ट लभ’, ‘कसले चोर्यो मेरो मन’, ‘मेरो एउटा साथी छ’, ‘नोभेम्वर रेन’, ‘लज्जा’ लगायत आर्यन अभिनित चलचित्रहरु दर्शकले अत्याधिक मनपराएका थिए । ‘नोभेम्वर रेन’ पछि आर्यनले निर्माता सुवास गिरी सागको ब्यानर साझेदारीमा चलचित्र ‘क्लासिक’ निर्माणको तयारी गर्दैछन् । यो वर्ष आर्यन अभिनित फिल्म ‘होमवर्क’ प्रदर्शनमा आउाने सम्भावना छ ।

सुर्खेतमा जन्मिएर काठमाण्डूको थानकोटमा स्थानान्तरण भएका अभिनेता आर्यन सिग्देललाई विशाल चौतारी डटकम र चौतारीका पाठकहरुको तर्फबाट जन्मदिनको शुभकामना !

प्रतिक्रिया