Melina Rai song Aayo Teejako Lahara
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १९ मंगलबार । हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज नजिकिदै गर्दा तीजका नयाँ गीति कोशेलीहरु बजारमा आउने क्रम बढ्दो छ । बर्षमा एक दिन साथीसंगी, इष्टमित्र, आफन्तजनसंग दुखपीडा भुलाई रमाइलो गरी बिताउने दिनका रुपमा लिइने तीजको चटारो यतिबेला सांगीतिक स्रष्टालाई परेको छ ।
नयाँ स्वादका तीजगीति कोशेलीहरुको भिडमा यतिबेला नेपाली चलचित्रका चचिर्त संगीतकार ताराप्रकाश लिम्बुसमेत हराएका छन् । पहिलो पटक तीजगीतमा संगीत भरेका संगीतकार लिम्बुले चचिर्त गायिका मेलिना राईलाई समेत तीजगीतमा डेब्यु गराएका छन् । निहारिका लक्ष्मी शाहीका शब्द सृजनामा लिम्बुले संगीत भरेको तीज गीत ‘आयो तीजको लहर’ भिडियोसहित बजारमा आएको छ । नारीहरुले सौभाग्यको प्रतिकका रुपमा लिने रातो टीका, रातो सारी, रातो चुरापोते लगाएर साथीसंग नाचगान गरेर रमाइलो गर्ने, ब्रत बस्ने, माइत गई आमाको हातबाट पाकेको दर खाई दुखसुख साट्ने लगायतका तीज बिशेष कार्यहरुलाई गीतमा उत्कृष्ट रुपमा समाबेश गरिएको छ ।
संचारकर्मी शान थापाको निर्देशनमा हरि न्यौपानेले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । संचारकर्मी बाबु सुरेश डिसी सह निर्देशक रहेको दिपक मदन सिंहको उत्कृष्ट कोरियोग्राफी रहेको सार्वजनिक भिडियोमा स्वयम् गायिका मेलिना राई र सरु थापा फिचारिंग छन् ।
https://youtu.be/ccaBlBDB4LY?t=159
Vocal : Melina Rai
Music : Tara Prakash Limbu
Lyrics : Neharika Laxmi Shahi
Artist : Saru/Melina
Choreographer : Deepak Madan Singh
Asst : Babu Surace DC
Edit : Tekendra Shah
Camera : Hari Neupane
Direction : Shann Thapa
प्रतिक्रिया