Bisal Chautari Logo

निशूल्क सहभागितामा बन्ने हो ‘मिस यूथ नेपाल–२०१५’ ?

- १८ श्रावण २०७२, सोमबार १४:५० मा प्रकाशित


Miss Youth Nepal 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १८ सोमबार । नेपाली सौन्दर्य प्रतियोगिताको ईतिहासमै पहिलो पटक शूल्क बिना नै सौन्दर्य प्रतियोगितामा सहभागिता गर्न पाइने भएको छ । ट्रिक मिडियाले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस यूथ नेपाल–२०१५’ सहभागि हुन चाहने प्रतिस्पर्धि युवतीले कुनै पनि शूल्क तिर्नु नपर्ने आयोजक संस्थाका प्रमुख नहकुल खड्काले स्पष्ट पारेका छन् ।

Miss Youth Nepal 2015
यसअघि टेलिभिजनमा रियालिटी शो तथा क्विज कार्यक्रम निर्माण गरिरहेको ट्रिक मिडियाले ‘मिस यूथ नेपाल’ मा सहभागिताका लागि आगामी साउन २३ गते शनिवार पहिलो अडिसन कार्यक्रम सञ्चालन गर्दैछ । ‘यूथ विद पर्पोस’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको यो प्रतियोगितामा सहभागिता जनाउने युवतीहरु प्लस टु उत्तिर्ण १६ वर्षदेखि २५ वर्ष उमेर समुहको हुनु पर्ने आयोजकले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।
प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई एक महिनाको विशेष प्रशिक्षण प्रदान गरिने छ । भदौको दोस्रो साता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने यो प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई चलचित्र निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण दिनेछन् । निर्देशक डिसीले प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ तथा पब्लिक स्पिकिङको प्रशिक्षण दिनेछन् भने निर्देशक दाहालले व्यक्तित्व विकासको कक्षा सञ्चालन गर्नेछन् । निर्देशक सुचित्रा श्रेष्ठले आत्मविश्वास अभिवृद्धि गराउने विषयमा प्रशिक्षण दिनेछिन् । क्याप्टेन विजय लामाले मोटिभेसन क्लास सञ्चालन गर्नेछन् । संगीतकार महेश खड्काले पनि व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पासहित गतिविधीमा समेत सहभागि गराइने बताइन्छ ।

प्रतिक्रिया