Bisal Chautari Logo

‘प्रेमगीत’मा पूजा शर्माको ‘प्रेमी’ प्रदिप खड्का छनौट भए

- १५ श्रावण २०७२, शुक्रबार १६:१२ मा प्रकाशित


Pradeep Khadka and puza sharma Prem Geet Nepali Movies
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १५ शुक्रबार । लामो समयदेखि चलचित्र ‘प्रेमगीत’का लागी अभिनेत्री पुजा शर्माको जोडी खोजी गरिरहेको थियो । चलचित्रको निर्माण पक्षले अन्तत ‘स्केप’का अभिनेता प्रदिप खड्कालाई लिड रोलमा लिने भएको छन् । अब सिनेमामा पुजाको जोडी प्रदिप भएका छन् ।

Pradeep Khadka and puza sharma Prem Geet Nepali Movies
नेपाली चलचित्र मेकिङमा महंगा मानिएका निर्देशक सुदर्शन थापा निर्देशन गर्ने यो चलचित्रको बजेट करोड रहेको छ । चलचित्रको छायांकन शुक्रबारबाट सुरु भएको छ । अब यो चलचित्रमा पूजा शर्मा र प्रदिप खड्काले रोमान्स गर्नेछन् । चलचित्र ‘स्केप’मा मुख्य कलाकार र निर्माताको रुपमा काम गरेपनि खासै नचिनिएका प्रदिप यो चलचित्रबाट चर्चामा आउने अपेक्षा राख्छन् । चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, मुस्ताङ, कागबेनी लगायतका स्थानमा हुनेछ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । लभ स्टोरी कथामा तयार हुने यो चलचित्रलाई सन्तोष सेनले निर्माण गर्दैछन् । चलचित्र ‘चंखे शंखे पंखे’ निर्माण गरेपनि वैशाख ११ गते भूकम्प गएपछि सन्तोषको यो चलचित्र जेठ १ मा प्रदर्शनमा आउन सकेको थिएन ।
यसैले, कात्तिक ३ गते ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति अगावै ‘प्रेमगीत’को छायांकन प्रारम्भ गर्न लागिएको हो । भ्यालेन्टाइन डेको छेकोमो यो चलचित्रलाई प्रदर्शनमा ल्याउने निर्माणपक्षको भनाई छ ।

प्रतिक्रिया